भोजपुर– पालिका भित्रको उत्कृष्ट विद्यालयलाई पालिकाले दुई लाख पुरस्कारद्धारा पुरस्कृत गरेको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिकाले वडा नं. ५ सानोदुम्मा सुप्लामा रहेको महादेवी आधारभुत विद्यालयलाई अनुदान स्वरुप दुई लाख पुरस्कार हस्तान्तरण गरेको छ ।

बिहिबार एक कार्यक्रम आयोजना गर्दै उत्कृष्ट सिकाई उपलब्धी तथा व्यवस्थापन भएको भन्दै विद्यालयलाई अनुदान प्रदान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । ६ वटा माध्यमिक २ वटा आधारभुत र २४ वटा प्राथमिक गरि जम्मा ३२ वटा विद्यालय गाउँपालिकामा रहेको छ ।

३२ वटा विद्यालय मध्येमा उत्कृष्ट हुन सफल महादेबी आधारभुत विद्यालय गाउँपालिकाले अनुदान दिएको हो । यस अनुदान पुरस्कार स्वरुप प्रदान गरिएको छ यसरी विद्यालयलाई प्रोत्साहन गर्दा शैक्षिक गुणस्तर वृद्धि हुने अध्यक्ष राईको भनाई छ ।

खस्किँदो शैक्षिक गुणस्तर वृद्धिको लागि शैक्षिक प्रोत्साहन कार्यक्रम तय गरिएको छ आगमी बर्षमा पनि उत्कृष्ट सिकाई उपलब्धी र व्यवस्थापन भएको विद्यालयलाई अनुदान उपलब्ध गराउने समेत राईले बताए ।

तपाईको प्रतिक्रिया