भोजपुर– भोजपुरको दिङ्लामा नेवा द्ेय दब्बुद्धारा भव्य लाखे जात्राको सुरु भएको छ । विगतमा झैँ नागपञ्चमीको दिन नेवाः देय् दबु षडानन्द नगर समितिद्धारा भव्य लाखे जात्राको सुरु भएको हो । एक औपचारिक कार्यक्रमको आयोजना गरि लाखे जात्राको नगरपालिकाका प्रमुख तथा नेवाः देयु दबुका प्रदेश समिति सल्लाहकार सदस्य सुरेन्द्र उदासको प्रमुख आतिथ्यमा लाखे जात्राको औपचारिक उद्घाटन गरेका छन् ।

जात्रा उद्घाटन नेवारी समुदायको गितमा नृत्य, ठाकठुके नृत्य साथै लाखे नाच प्रर्दशन गरेर जात्राको उद्घाटन गरेका छन् । आदिवासी जनजातीहरुको हक, हित साथै संस्कार संस्कृति संरक्षणमा एक इट्टा थप्ने काम नेवा देय् दबुले गरेको छ । आदिवासी जनजाती भित्रको नेवारी समुदायको संस्कार, संस्कृति, परम्परा, धर्म भाषा साथै भेषभुषा संरक्षणको लागि यस्ता कार्यक्रम आयोजना गरिएको नेवाः देय् दबुका नगर समिति सल्लाहकार समितिका सदस्य रमेश श्रेष्ठले बताए ।

यस प्रकारको जातीगत कार्यक्रमले धर्म संस्कार, संस्कृति, परम्परा तथा आफ्नो मौलिक पहिचानको पक्षमा काम गरि रहेको छ । यस्ता कार्यक्रम गरेर नगर क्षेत्र भित्रको ऐतिहासिकतालाई अझ महत्वमा पु¥याउने आफ्नो मातृ संघ संगठनलाई सम्मान साथै यस्ता खालका कार्यक्रमलाई नगरपालिकाले प्राथमिकताका साथ सहयोग गर्ने नगर उपप्रमुख प्रमिला राईले बताईन् ।

नगरपालिकामा रहेको थोरै जनसंख्या रहेको जात–जाती किन नहोस तर कुनै पनि हिसाबमा भेदवाभ गरिने छैन । विभिन्न जातजातिहरुको आवश्यकता अनुसार भौतिक पूर्वाधार साथै संस्कार संस्कृति संरक्षणमा सबैलाई संवोधन गरिने कार्यक्रमका प्रमुख अतिथि तथा षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले बताए ।

तपाईको प्रतिक्रिया