भोजपुर– षडानन्द नगरपालिकामा अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरको षडानन्द नगरपालिकामा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिका भित्रका १३ वटा माध्यमिक विद्यालयहरुको सहभागितामा शुक्रबारदेखि प्रतियोगिता शुरु भएको हो । नगरपालिकाले खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता सञ्चालन गरेको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता षडानन्द नगरपालिका वडा नंं १ मा शन्त सावित्रा माध्यमिक विद्यालयको आयोजनामा सुरु भएको छ ।

खेलाडी हुन पहिला कस्को रुचि केमा छ भन्ने विषयमा हामी जानकार हुन जरुरि छ । यो स्थानीय तह भित्रको अन्तर विद्यालय स्तरीय प्रतियोगिताले खेलाडीहरुको प्रतिभा र रुचिको छनौट गर्दछ यसपछि छनौट भएपछि जिल्ला, प्रदेश हुदै राष्ट्रिय प्रतियोगिता सम्म खेलाडी पुग्न सक्छन् । यो प्रतियोगिता सामान्य हैन यसलाई गम्भिर ढंङ्गबाट सम्पन्न गरि जिल्ला स्तरीय प्रतियोगितामा पठाउन कार्यक्रमका विशेष अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले बताएका छन् ।

विद्यालय स्तरबाट हुने खेल विकासले भोलिको दिनमा खेलाडीहरुलाई समयमै मथिल्लो स्तरमा पु¥याउन मद्दत गर्दछ । सोहि अनुसार यो प्रतियोगिताको लागि नगरपालिकाले बजेटको व्यवस्थापन गरि विद्यालयलाई आयोजनाको जिम्मा लगाएको कार्यक्रमका विशेष अथिति तथा पालिका उपप्रमुख प्रमिला राईको भनाई छ ।

अनौपचारिक खेलहरु, प्रतियोगिताहरु धेरै हुन्छ तथा यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता औपचारिक हो, छनौट हुँदै भोलि माथिल्लो स्तरका प्रतियोगितामा समेत सहभागी हुन पाउने प्रतियोगिता हो । यसलार्य सामान्य सम्झिएर आयोजक पक्षले वा निर्णायक पक्षले कमिकम्जोरी हुन दिन हुँदैन । यो प्रतियोगिताले भोलि प्रतिभावान, क्षमतावान साथै खेल क्षेत्रबाट भोलि पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रको समेत गहना हुन सक्ने भएकोले प्रतियोगितालाई मर्यादित साथै सभ्य ढंगबाट सम्पन्न गर्न नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र कुमार उदासले अनुरोध गरेका छन् । साथै नगर क्षेत्रमा भएको विकास र खेलकुद क्षेत्रको विकासको लागि नगरपालिकाले वृहत योजना सहित कार्यक्रम निर्माण गरिरहेको समेत प्रमुख उदासले बताएका छन् ।

       

तपाईको प्रतिक्रिया