भोजपुर– नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा षडानन्द माध्यमिक विद्यालय प्रथम भएको छ । शुक्रबारदेखि षडानन्द नगरपालिका वडा नं. १ को सन्त सावित्रा माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा १७ स्वर्ण पदक सहित षडानन्द माध्यमिक विद्यालय प्रथम भएको हो ।

१७ स्वर्ण र ३ कास्य गरि २० पदक सहित षडान्द मावि प्रथम हुँदा ५ स्वर्ण, ७ रजत र ३ कास्य पदक सहित सन्त मावि नेपालेडाँडा दोस्रो भएको छ । त्यस्तै ३ स्वर्ण, ५ रजत र ५ कास्य पदक सहित आयोजक सन्त सावित्रा मावि तेस्रो भएको छ भने १ स्वर्ण, ५ रजत र ५ कास्य गरि ११ पदक सहित अरुण माध्यमिक विद्यालय सान्तवन्न भएको छ ।

नगरपालिका भरि निजि १ सहित १४ वटा माध्यमिक विद्यालयहरु मध्ये ९ वटा विद्यालयले सहभागी जनाएको थियो । यो प्रतियोगितामा प्रथम भएसंगै षडानन्द माध्यमिक विद्यालय नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा तीन पल्ट प्रथम हुन सफल भएको छ ।

तपाईको प्रतिक्रिया