भोजपुर– खुल्ला पुरुष डवल्स व्याडमिण्टन प्रतियोगिताको उपाधि विवेक र विशाल तामाङको जोडीले जितेका छन् । सहिद दिवसको अवसरमा माघ १४ देखि १६ सम्म आयोजना गरिएको प्रतियोगिताको फाईनल खेलमा भोजपुरका विवेक श्रेष्ठ र विशाल तामाङको जोडीले मोरङका लाग्पा शेर्पा र विनय चौधरीलाई सोझो सेटमा हराउँदै उपाधी चुमेका हुन् ।

प्रतियोगिताको बि डिभिजन तर्फ भोजपुरका चन्दन कट्वाल र सुरज राना मगरले प्रथम स्थान हासिल गरेका छन् भने खाँदबारीका मोहन कट्वाल र राजेन्द्र श्रेष्ठको जोडी उपविजेत बनेका छन् । ए डिभिजन तर्फको खाँदबारीका मुनुहाङ गुनुरुङ जोडी निशान कट्वाल र भोज बहादुर गुरुङ जोडी संगम गिरी सेमिफाईनलिष्ट भएका छन् । त्यस्तै बि डिभिजन तर्फ दिङ्लाका सुजन श्रेष्ठ जोडी विकाश श्रेष्ठ र तुम्लिङटारका मनोज श्रेष्ठ जोडी सफल श्रेष्ठ सेमिफाईनलिष्ट भएका छन् ।

प्रतियोगितामा ए डिभिजन तर्फ प्रथम स्थान हाँसिल गर्ने जोडीलाई ४० हजार नगद,ट्रफी, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले २५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र, सेमिफाईनलिष्ट हुने दुई जोडीले १५ हजार÷ नगद मेडल र प्रमाण पत्र प्राप्त गरे ।

बि डिभिजन डिभिजन तर्फ प्रथम स्थान हाँसिल गर्ने जोडीलाई २५ हजार नगद,ट्रफी, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र, सेमिफाईनलिष्ट हुने दुई जोडीले ७ हजार ५ सय नगद मेडल र प्रमाण पत्र प्राप्त गरे ।

तपाईको प्रतिक्रिया