भोजपुर– भोजपुरको षडानन्द नगरपालिका वडा नं. ४ निवासी विमला राईको परिवारलाई विमा रकम वडाध्यक्षको रोहबरमा हस्तान्तरण गरिएको छ । लक्ष्मी लघुवित्त वित्तिय संस्था दिङ्ला शाखाबाट मृतक विमला राईले कर्जा लिदाँ गरिएको कर्जा विमा वापतको रकम मृतक परिवारलाई हस्तान्तरण गरिएको हो ।

परिवारलाई वडाध्यक्षको रोहबरमा फाल्गुन १ गते विमा रकम दुईलाख पचहत्तर हजार रकम कर्जा चुक्ता गर्नुपर्ने रकम ९३ हजार कटाएर हस्तान्तरण गरिएको शाखा प्रवन्धक जिवन भट्टराईले जानकारी दिए । १ लाख ८२ हजार कर्जा विमा वापतको रकम लक्ष्मी लघुवित्त वित्तिय संस्थाका शाखा प्रवन्धक जिवन भट्टराई साथमा वडा नं. ४ का वडाध्यक्ष राजकुमार तामाङको उपस्थितिमा मृतक परिवालाई हस्तान्तरण गरेको हो ।

संस्थाको सदस्य विमला राईको मिति २०८० मंशिर ३ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया