भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ। षडानन्द नगरपालिकाको आयोजना तथा मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा षडानन्द नगरपालिका–७ मा रहेको गान्धी मेमोरियल हस्पिटलको भवनमा सञ्चालित ७ दिने तालिम बुधबार सम्पन्न भएको हो ।
षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईको प्रमुख अतित्थ्यता तथा सडानन्द नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार चापागाईँको विशेष आतिथ्यमा कार्यक्रम समापन भएको हो । उप प्रमुख प्रमिला राईले तालिम लिनेमात्र हैन यसको सहि उपयोग पनि गर्नुपर्ने र गाउँघरमा बिभिन्न कारण उत्पन्न हुने दन्द नियन्त्रणमा गर्न मेलमिलापकर्ताहरूको महत्वपूर्ण भूमिका रहने प्रमुख अतिथि राईको भनाई छ ।
तालिममा सहभागि षडानन्द नगरपालिकाका १४ वटै वडाका ५२ जनालाई आजै उपमेयर राई र प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद चापागाईँले प्रमाण पत्र समेत वितरण गरेका छन् ।
कार्यक्रममा प्रशिक्षकहरूलाई रुद्राक्षको माला षडानन्द गुरुको फोटो, रुद्राक्षबाट बनेको ढाकी मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो।