भोजपुर– डेङ्गी नियन्त्रण सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । षडानन्द नगरपालिकाको आयोजनामा मंगलबार डेङ्गी नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि स्वास्थ्यकर्मी र सरोकारवालाहरु बिचको एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

एडिज जातको लाम्खुट्टेले टोकेपछि डेङ्गी भाईरसद्धारा सर्ने रोगको उपचार नभएको कारण सर्तक रहनु आवश्यक छ । नगरपालिकाले डेङ्गी नियन्त्रणको लागि पालिकाको मुख्य मुख्य बजारमा डङ्गी नियन्त्रणको लागि लाम्खुट्टे तथा लाम्खुट्टेको लार्भा नष्ट गर्न प्रयोग गरिने औषधी छर्कने स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।

पालिकाले श्रावण २३ गते दिङ्ला बजार, हाटडाँडा, षडानन्द मावि, अरुण मावि, नाम्साम चौक र बैंक रोडमा औषधी छिट्ने भएको छ साथै २४ गते षडानन्द ५ उदयपुर डाँडा, कात्तिके पुल बजार र सतिघाट, २५ गते सोमबारे बजरा, नेपालेडाँडा बजार, काउले बजार र हाईड्रोपावहरुमा छर्कने भएको छ ।

२६ गते खरबारी, खार्तम्छा र बैदारभञ्ज्याङ बजार, २७ गते सत्तल बजार र झ्याँउपोखरी साथै २८ गते बोया बिहिबारे बजार र तुर्के पुल बजारमा औषधी छर्कने निर्णय भएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया