भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले डेङ्गी नियन्त्रणको लागि लाम्खुट्टेको लार्भा नष्ट गर्ने औषधी छर्किएको छ । बिहिबार पालिकाको केन्द्र दिङ्ला बजार र बजार आसपासमा रहेको वस्तीहरुमा फगिङ मेसिनद्धारा औषधी छर्किएको हो ।

पछिल्लो समयमा डेङ्गी भाईरसको कारण डेङ्गी विरामी बढ्दो क्रममा षडानन्द नगरपालिकाले नियन्त्रणको लागि पहल गरेको छ । बजार साथै पालिकाको मुख्य मुख्य बजारहरुमा क्रमश औषधी छर्कने पालिकाको स्वास्थ्य शाखाले जानकार िदिएको छ ।

पालिकाले श्रावण २३ गते दिङ्ला बजार, हाटडाँडा, षडानन्द मावि, अरुण मावि, नाम्साम चौक र बैंक रोडमा औषधी छिट्ने भएको छ साथै २४ गते षडानन्द ५ उदयपुर डाँडा, कात्तिके पुल बजार र सतिघाट, २५ गते सोमबारे बजरा, नेपालेडाँडा बजार, काउले बजार र हाईड्रोपावहरुमा छर्कने भएको छ ।

२६ गते खरबारी, खार्तम्छा र बैदारभञ्ज्याङ बजार, २७ गते सत्तल बजार र झ्याँउपोखरी साथै २८ गते बोया बिहिबारे बजार र तुर्के पुल बजारमा औषधी छर्कने निर्णय भएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया