भोजपुर– ३५ बर्ष हराएका प्रकाश तामाङले आज घरैमा नागरिकता पाएका छन् । आईतबार ईलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख विनोद अधिकारी संगै नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदास र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा नागरिकता दिएको हो । अपाङ्गता भएका तथा शारिरीक रुपमा कार्यालयसम्म आउन नसक्दा हामिले घरैमा नागरिकता दिएका हौं अन्य ठाउँमा पनि यसरी घरमा नागरिकता दिईने ईलाका प्रशासन कार्यालयका कार्यलय प्रमुख विनोद अधिकारीले बताए ।

युट्युब च्यानल “हेर्ने कथा”को हराएका बर्षहरुको पात्र प्रकाश तामाङलाई उनकै घरमा पुगेर ईलाका प्रशासन कार्यालय दिङ्लाबाट गएको टोलिले नागरिकता दिएको हो । करिब ३५ बर्ष हराएका ४३ वर्षीय तामाङलाई षडानन्द नगरपालिका वडा नं. १० छाप्लेगाउँ उन्को घरमै पुगेर आवश्यक प्रक्रिया पुरा गरि नागरिकता दिएको हो । प्रकाशका बुवा झाँक्री बा (लोक बहादुर तामाङ) शारिरिक रुपमा अशक्त भएको कारण घरैमा पुगेर नागरिकता दिएको हो । घरैमा सहजै नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि प्रकाश तामाङपनि खुसी भएका छन् ।

तामाङ अब आफ्नै आमा बुवासंग बस्ने र खेतिपाति गर्ने सोचमा रहेको समेत उन्ले बताएका छन् । ईच्छा भए षडानन्द नगरपालिकाले क्षमता र योग्यताको आधारमा उचित रोजगारीको व्यवस्था गरिने मेयर उदासले बताएका छन् ।

तामाङको बुवा आमाको नाममा जग्गा जमिन नभएको कारण सोहि वडाका कृष्ण कुमार राईले जग्गा दिने भएको छ । उक्त राईले दिएको जग्गामा पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीको संयोजकत्वमा एउटा घर निर्माण हुने भएको छ । घर निर्माणको कार्य आजबाट नै सुरु भएको छ आज कृष्ण कुमार राईले दिने भनिएको जग्गामा घर निर्माणको लागि घरेडी नर्माण सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया