संखुवासभा, संखुवासभाबाट पाँच किलो सुनसहित एक जना पक्राउ परेका छन् । संखुवासभाको भोटखोला गाउँपालिका २ लिङ्गमबाट खाँदबारी नगरपालिका १ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई सो परिमाणको सुन र नगद ३८ हजार ८० रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी चेपुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा सो सुन र नगद फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
source : edoleswar.com









