भोजपुर– षडानन्द नगरपालिकाद्धारा भोजपुर–दिङ्ला जोड्ने मुख्य सडकको स्तरोन्नती कार्य भईरहेको छ । पालिकाद्धारा स्त्तरोन्नती भईरहेको कार्यमा उद्योग वाणिज्य संघ दिङ्ला शाखाले एक दिन श्रमदान गरेको छ । १२ महिना नै सडक चल्न सकोस भनि पालिकाले स्तरोन्नतीको कार्य थालनी गरेको छ । सदरमुकामदेखि दिङ्ला जोडने मुख्य सडक कच्चि भएकोले बर्षायाममा हिलाम्मे हुने, खाल्डा खुल्डी हुने भएकोले बर्षायाममा यात्रु बहाक तथा मालबहाक गाडी गुड्न नसक्ने भएकोले जनताले सास्ती पाईरहेको अवस्थामा पालिकाले सडकको स्तरोन्नती थालेको हो ।

नगरपालिकाको जेसिबि, ट्रयाक्टर साथै जनप्रतिनिधिहरु, कर्मचारी साथै नगरप्रहीहरुको साथमा सडक मर्मत कार्य भईरहेको छ । षडानन्द नगरपालिकाको सडक मर्मत संभार अन्र्तगतको बजेटबाट बर्षायाममा पनि कम्तिमा ४ पाङ्ग्रे सवारी साधन चल्न सक्ने बनाउन पालिका लागि परेको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले बताएका छन् ।

जनताको समस्यालाई ध्यानमा राखी पालिकाले सडकको स्तरोन्नती गरिएको षडानन्द नगरपालिकाकी उप्रमुख प्रमिला राईले बताएकी छिन् । भईपरि आउने समस्या, विरामी, ज्येष्ठ नागरीकहरुलाई सम्बन्धित कार्यालय बजार आवाज जावत गर्न सहज होस साथै विशेष गरि सदरमुकाम जान आउन सहज होस भनि सडक मर्मतमा जनप्रतिनिधि सरोकारवाला निकायहरु लागि रहेको उपप्रमुख राईले बताएकी छिन् ।

मर्मत कार्यमा विभिन्न राजनितिक दलका व्यक्तिहरु, साथै समाजसेवी, जनताप्रति उत्तरदायी नागरीकहरुले मर्मत कार्यमा सहयोग गरिरहेका छन् । सडक मर्मत तथा स्तरोन्नती कार्यमा श्रावण ३ गते मंगलबारको दिन उद्योग बाणिज्य संघका अध्यक्ष रमेश श्रेष्ठ सहित पदाधिकारीहरु साथै सदस्यहरु सडक मर्मतमा श्रमदान गर्न पुगेका थिए । व्यवसायीहरुलाई खाद्यन्न लगायतका सामग्री ढुवानी गर्न सहज साथै नागरिकहरुलाई सहजता होसभनि हामीले एक दिन श्रमदान गर्दा नागरिकहरुलाई सहज हुन्छ भन्ने उदेश्य अनुसार एक दिन श्रमदान गरौ भनेर सडक स्तरोन्नती कार्यमा उद्योग वाणिज्य संघ दिङ्ला शाखा लागेको संघका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया