भोजपुर। भोजपुरमा प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषणा गर्न माग किराँत राई यायोक्खाले धर्ना दिएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति भोजपुरले किरात प्रदेश घोषणा गर्न माग गर्दै बिहिबार चक्काजाम गरेका छन्। केन्द्रको कार्यक्रम अनुसार किराँत राई यायोक्खाले भोजपुरमा चक्काजाम गरिएको किरात राई यायोक्खा जिल्ला कार्य समिती अध्यक्ष सिर्जना राईले जानकारी दिएकी छिन् ।
अध्यक्ष राईले भनिन , “किरात प्रदेश नामाकरणका लागि हाम्रो आन्दोलन जारी छ , हाम्रो माग पुरा नभए सम्म आन्दोलन रोकिने छैन ।” उनले पहिचान र सभ्यताका आधारमा प्रदेश १ लाई किरात प्रदेश घोषणा गर्नु पर्ने माग गरे । चक्काजाम कार्यक्रमलाई सम्बोधन गर्दै किराया जिल्ला सचिव बिदुर राईले यायोक्खाको माग सम्बोधन नभए जस्तो सुकै मुल्य चुकाउन तयार रहेको बताए ।
सचिव राईले आफुहरुको आन्दोलनलाई सामान्य रुपमा लिए त्यस्को महगो मुुल्य चुकाउनु पर्ने समेत चेतावनी दिएका छन । जिल्ला सदरमुकाम स्थित देउराली चौकमा गरिएको चक्काजामका कारण सयौको सख्यामा बस , ट्याक्सी लगायत सवारी साधन बिच बाटोमा रोकिएका थिए ।
चक्काजाम खुले पछि रोकिएका सवारी साधन आ आफनो गन्तब्य तर्फ छुटेका छ । भोजपुरमा अहिले विना अवरोध यातायातका साधन चलिरहेको ट्राफिक प्रहरी जवान बिक्रम राईले बताए ।