भोजपुर– गठबन्धनलाई फुक्कि भनेर आराम गर्ने समय नरहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी भोजपुरका अध्यक्ष वीरजंग राईले बताएका छन् । गठबन्धनका कार्यकर्ताहरुले जस्तो सुकै परिस्थितिमा पनि गठबन्धनका उमेदवारलाई जिताउन लागि पर्नु पर्ने बताएका छन् ।

यो पटकको निर्वाचन संविधानको रक्षार्थ र व्यवस्था बचाउनको लागि गठबन्धन निर्वाचनमा होमिएको कारण कुनै पनि हालतमा अहिले प्रतिपक्षिमा रहेको नेकपा एमालेको उमेदवारलाई जित्न दिनु नहुने राईले बताएका छन् । उनि आफु समेत प्रदेश सभातर्फको समानुपातिक उमेदवार रहेको छ ।

उन्ले बच्चाहरु खेल खेल्दा आफुलाई अफ्ठ्यारो पर्दा फुक्कि भनेर केहि आफु सहजताको वातावरण बनाउँछन् तर गठबन्धनका कार्यकर्ताले कुनै हालतमा पनि फुक्कि भन्न नपाउने उनको भनाई रहेको छ । उन्ले प्रत्यक्षतर्फ गठबन्धनका उमेदवारहरुलाई कुनै कसुर बाँकी नराखी सहयोग गरेर विजयी गराउनु पर्ने भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया