भोजपुर–भोजपुरको षडानन्द नगरपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । पालिका भित्रका १३ मा.वि माध्येमा ७ सामुदायीक र एक निजि मा.वि. गरेर जम्मा ८ ओटा विद्यालयको सहभागी रहको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ आज आईतबारदेखि प्रतियोगिता शुरु भएको हो ।
षडानन्द नगरपालिकाको प्रायोजन तथा अरुण माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगिता ७ गते देखि ९ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा ८ ओटा ईभेन्टहरु रहनेछ महिला तथा पुरुष भलिबल, दौड एक सय मिटर, दुई सय मिटर, तीन सय मिटर र चार सय मिटर सिङ्गल दौड हुने छ । साथै १००*४ र ४००*४ को रिले दौड रहने छ भने ज्यब्लिङ थ्रो, सटफुट, हाईजम्प, लङजम्प र त्रिपलजम्प महिला पुरुषको हुने आयोजक अरुण माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जिव न्यौपानेले जानकारी दिए ।
आज प्रतियोगिता उद्घाटन कार्यक्रम पछि पुरुष तर्फका भलिबल दुई खेल सकिएको छ जसमा षडानन्द माध्यमिक विद्यालयले शारदा मा.विलाई र अरुण माध्यमिक विद्यालयले महेन्द्रोदय मा.वि टारीलाई हराएको छ ।