भोजपुर– छैठौं प्रदेश स्तरीय मेयर कप व्याडमिन्ट प्रतियोगिता सम्पन्न भएको छ । बिहिबारदेखि भोजपुर नगरपालिकाको प्रायोजन तथा जिल्ला व्याडमिन्टन संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा खुल्ला तर्फ तेह्रथुमका नविन शिलवाल जोडी विवेक लिम्बु प्रथम भएका छन् भने भोजपुरका विशाल तामाङ जोडी सुदेन राई द्धितीय भएका छन् ।
साथै भोजपुरकै विवेक श्रेष्ठ जोडी प्रविन बस्नेत र संखुवासभाका मुनुहाङ गुरुङ जोडी वीर बहादुर तामाङ सेमिफाईनलिष्ट भएका छन् । खुल्ला तर्फका प्रथम, द्धितीय र सेमिफाईनलिष्टले क्रमशः नगद रु. ५० हजार, ३० हजार र १५÷१५ हजार साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
मेयर कप प्रतियोगितामा ४५+ अन्र्तगत सुनसरीका भजनलाल चौधरी जोडी नारायण श्रेष्ठ प्रथम भएका छन् भने धनकुटाका शिखर श्रेष्ठ जोडी नरेन्द्र लिम्बु द्धितीय भएका छन् । साथै भोजपुरका विन्द्र राई जोडी विश्नु राई र सीताराम पराजुली जोडी विष्णु श्रेष्ठ सेमिफाईनलिष्ट भएका छन् । यस अन्र्तगत प्रथम, द्धितीय र तृतीयले क्रमशः रु २५ हजार, १५ हजार र ७५००÷७५०० साथम ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यस्तै जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी नरेन्द्र सन्तोषले जोडीले हात पारेका छन् । तामाङ जोडीले उपाधी हात पार्दै १५ हजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । तामाङ जोडी प्रथम हुँदा बुद्ध राई र युनिष राईको जोडी द्धितीय स्थान हासिल गर्र्दै नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
मुमिहाङ राई जोडी सुदेन राई र रोशन सुवेदी जोडी मनोज मगर सेमिफाईनलिष्ट भएका छन । सेमिफाईनलिष्ट हुने दुबै टिमले नगद रु ५÷५ हजार साथमा ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । प्रतियोगिता संघको आयोजनामा जिल्ला अवस्थित व्याडमिन्टन कर्वडहलमा जेष्ठ ११ गतेदेखि १३ गते शनिबार (आज) सम्पन्न भएको हो ।