भोजपुर/ दिङ्ला ब्याडमिन्टन संघको आयोजनामा ९ औं संस्करण खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईले गरेका हुन् । प्रतियोगितामा खुल्ला पुरुष डबल्स, बि डिभिजन पुरुष डबल्स, मिक्स डबल्स, १५ बर्ष भन्दा मुनि र १३ बर्ष मुनिका एकल प्रतिस्पर्धा रहने छ ।

संघको आयोजना तथा षडानन्द नगरपालिकाको मुख्य प्रायोजन र षडानन्द नगरपालिका वडा नं. ४ को सह–प्रायोजनमा सहिद दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिता माघ १६ गते समापन हुनेछ । प्रतियोगितामा खुल्ला ए डिभिजन तर्फ प्रथम द्धितिय र सेमिफाईनलिष्टले क्रमशः नगद रु. ५० हजार, ३० हजार र १५÷१५ हजार साथम ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

बि डिभिजनतर्फ प्रमथ, द्धितिय र सेमिफाईनलिष्टले क्रमशः नगद रु. ३० हजार, २० हजार र १०÷१० हजार साथमा ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् भने मिक्स डबल्सतर्फ नगद रु. २५ हजार १५ हजार र ७५००÷७५०० क्रमशः प्रथम, द्धितिय र सेमिफाईनलिष्टले प्राप्त गर्नेछन् ।

प्रतियोगिताको १५ बर्ष मुनिको एकल प्रतिस्पर्धामा प्रथम, द्धितिय र सेमिफाईनलिष्टले नगद रु. १० हजार, ५ हजार र ३÷३ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै १३ बर्ष मुनिको एकल प्रतियोगितामा ७ हजार, ४ हजार र २÷२ हजार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया