भोजपुर कोशी प्रदेशका पुर्वमुख्यमन्त्री राजेन्द्र कुमार राईले शेरधन राईलाई लक्षित गर्दै परेको योजना काट्ने पार्टीले चुनावको लागि विकास गरेको छु भन्दै हिड्न नसुहाउने बताएका छन् । राईले आईतबार बिहान आफ्नो सामाजिक सञ्जालमा आफु मुख्यमन्त्री रहँदा सबै प्रक्रिया पुरा गरी ठेक्का लागेको दिङ्ला भोजपुरको सडक कालोपत्रे ठेक्का एमाले हिकमत कार्की एमाले सरकारले रद्ध गरेको उन्ले प्रमाण सहित पेश गरेका छन् ।

राईले लामो स्टाटस लेख्दै एमालेका केहि साथीहरुले भोजपुरमा भएको सबै काम शेरधन राईले गरेको भन्दै हिड्न नसुहाउने बताए । शेरधन राईले एकल पार्टीको शक्तिशाली मुख्यमन्त्री भएर ४ वटा बजेट निर्माण गर्न पाउँदापनि भोजपुरमा चाहेजस्तो विकासे बजेट ल्याउन सकेन । ५ दलीय गठबन्धन सरकारको मुख्यमन्त्री हुँदा मैले एउटा मात्रै बजेट निमार्ण गर्न पाउँदा भोजपुरलाई उलेख्यनीय बजेट विन्यास गरेको छु ।

उन्ले अझ आफ्नो क्षेत्रमा केहि नगर्ने अनि अर्काे क्षेत्रमा सबै मैले गरेको भन्दै दावी गर्ने आफ्नोमा नगरी अरुको क्षेत्रमा काम गर्ने गुनकारी र मनकारी नेता कहाँ पाईएलार भन्दै शेरधन राईप्रति व्याङ्ग्य समेत गरेका छन् ।

राईको सामाजिक सञ्जालमा सार्वजानिक भएका प्रतिक्रिया जस्ताको तस्तै हेर्नुहोस
मित्रहरू विचार गर्नुहोलास्
एमालेका केही साथीहरूले म निर्वाचित क्षेत्रको सबै काम पूर्व मुख्यमन्त्री शेरधन राईले गरेको भनेर मैले चाहिँ झिङ्गा मार्दै बसेको भने जस्तो गरि भ्रम पार्ने दुस्प्रयत्न गर्दै हुनुहुन्छ, हामी पनि जनतासग हमेसा छौं, जनताले कसले योजना लगाको भन्दैछन, कसको बारेमा के भन्दैछन राम्रोसँग थाहा छ, म आफै उम्मेदवार बनेको भए कसले योजना लगाको भन्ने जनताले अलि प्रष्ट पारीदिन्थिए तर त्यो अवसर त मिलेन जनतालाई यो पटकर
अहिले नै पूरा कुरा नलेखेरनबोले पनि हाम्रो क्षेत्रको सबै काम शेरधन राइले गरेको भन्नेरलेख्नेहरुलाई केही प्रश्न आरम्भमा पेश्की स्वरुपस्
१। म निर्वाचित क्षेत्रमा यत्रो काम गर्ने शेरधन राइज्युले आफ्नै क्षेत्रमा चाहिँ किन यति काम गर्न सक्नुभएन रु आफ्नो क्षेत्रमा विकाश नगरेर अरुको क्षेत्रमा मात्र विकाश गरिदिने यस्ता मनकारी, गुनकारी नेता पाइएला कोही अहिलेको कलियुगमा रु
यस कुरालाई अलि ठोसमा विषय बुझाएर भन्नू पर्दा,
( म निर्वाचित क्षेत्रमा ठद्द किलोमिटर सडक कालोपत्रे हुँदै गर्दा वहाँको क्षेत्रमा किन ४ किलोमीटर मात्र भएको होला रु ढडुवादेखी आमचोकतिर जाने केही किलोमीटर सडक कालोपत्रे गर्ने योजना ८ बर्श अघि शुरु भएको तर अहिलेसम्म लथालिङ्ग किन भएको होलारु हरेक वर्श सङ्घ सरकारले प्रदेस सरकारसग साझेदारी गर्ने ८(१० योजना स्वीकृत गर्छ म मुख्यमन्त्री हुदा जोशीडाडा साङपाङ फालिबाटो कालोपत्रे सडक स्वीकृत गराइएकोले छड करोडको ठेक्का सम्झौता भएकोमा सो पैसा अहिलेसम्ममा जम्मै सङ्घ सरकारबाट आएको छ, संघ सरकारले हरेक बर्ष धेरै पैसा पठाउन थालेदेखि काम छिटो हुन थालेको हो, आफुले समर्थन गरेको सरकारको मुख्यमन्त्री केदार कार्की भएको बेला दिङ्ला भोजपुर सडकको नि सङ्घ साझेदारीमा स्वीकृत गराउन सफल भइएकोले सो सडकमा नि बर्सेनि धेरै पैसा आउदैछ, यहि काम अथवा सङ्घ साझेदारीमा ढ्डुवा आमचोक सडक , चुहार पुल जस्ता योजना किन पठाउनु भएन, स्वीकृत गराउनुभएनरु यो काममा ध्यान नदेको होइन ररु
( म निर्वाचित क्षेत्रमा ६ वटा खोलाको पुल सुचारु भइसकेको र एक बन्न शुरु गरेको छ, अरुण नदीको लम्सुवाको सहित १५ वटा जति झुलुङ्गे पुल र केही ट्रष्ट पुल बनिसकेको छ उता कति वटा पक्की पुल र झोलुङ्गे पुल बन्यो होला रु
( म निर्वाचित क्षेत्रका सबै पालिकामा कभर्ड हल बनिसक्न लाग्दा९अरुण गापामा बन्दै अरु सबैमा बनेको षडानन्द नपामा दुई बनीसकेको एक निर्माणाधीन० आमचोक र रामप्रसाद राई गापामा कभर्डहलको किन सुरसार नभएको रु यताको क्षेत्रमा दिङ्लामा ४ करोडभन्दा माथिको बहुउद्देश्यीय भवन, कुदाक काउलेमा दुई करोडभन्दा माथिको स्वास्थ्य भवन, अरुण ७, सिक्रेटारमा एक करोड ३० लाखको शसर्त अनुदानमा वडा भवन, षडानन्द क्याम्पसको भवनमा ज्ञ करोड १० लाखको काम हुँदा, ९अरु पनि छन० घोरेटार स्कुलमा एउटा हल बनाउनको लागि भुपु बिध्यार्थीहरु र जनतासग किन पैसा उठाउदै हिन्न परेको रु
( साकेला थान, गुम्वा, मन्दिर, सामुदायिक भवन, खेलमैदान, पार्क, स्कुल, खानेपानी, सिचाई, स्कुल आदि हरेक शिर्षकमा किन म निर्वाचित क्षेत्रमा बढ्री र वहाँ निर्वाचित क्षेत्रमा कम योजना र पैसा परेको रु
( प्रदेस सरकारको लगानीमा बन्न लागेको चुहार पुल ८ बर्समा किन नबनेको मात्र होइन अहिले आएर पुरै रोकिएको, एमाले नेता हिक्मत कार्की मुख्यमन्त्री रहेको सरकारले एक लाइन लेखेर निर्णय गरिदिदा पुन काम शुरु हुनेमा त्यति पनि नगरिदेकोले काम रोकिएको, यति काम एमाले प्रदेस सरकारले किन नगरेको रु एमाले नेता शेरधन राइज्युले त्यति काम किन नगराउनुभाको रु
९एकमुष्टमा शेरधन राईज्युले ४ वटा बजेट ल्याउनुभो शक्तिशाली एकल पार्टीको सरकारको मुख्यमन्त्रीको रुपमा म त तेस्रो पार्टीको दल नेताको रुपमा ५ दलको गठबन्धनको सरकारको मुख्यमन्त्री भएर जम्मा १ बजेट ल्याएको र बजेट कार्यान्वयन गर्नेबेला पुन एमालेकै सरकार बनेको हो तर पनि कुनै पनि शिर्षकमा म निर्वाचित क्षेत्रमा जति काम किन शेरधन राइज्युको क्षेत्रतिर भएन रु
२। म मुख्यमन्त्री हुदा भोजपुर तिनतले, दिङ्ला तीनतले सडक कालोपत्रे गर्ने योजना बजेट स्वीकृत गराइ सम्पुर्ण प्रक्रिया पुराएर ठेक्का खोलेर सम्झौताको चरणमा पुराएकोमा म पछि एमाले नेता हिक्मत कार्की मुख्यमन्त्री र अर्थमन्त्री पनि भएको बेला अर्थमन्त्रीको हैसियतले हिक्मत कार्किले सो योजना किन रद्द गर्ने निर्णय र निर्देसन गरेको९तल प्रेषित पत्र हेर्नुस् ० रु त्यतिबेला हामी आन्दोलनमा उत्रिदा, म सहितको टिम धनकुटामा गएर अदालतमा मुद्दा हालिरहदा शेरधन राइज्युसहित एमालेका साथिहरु किन नबोलेकोरु मैले कानुनको व्याख्या र बजेट विश्लेषण सहित सम्सदमा आवाज उठाउदा भोजपुरकै एमाले साम्सदले त्यो योजना आर्थिक हिसावले कुनै सम्भावना छैन भनेर अनेक तथ्यांक सहित किन लामो स्टाटस हालेर हामिलाई गलत सावित गर्न खोजेकोरु अदालतले न्याय नदिएको एमालेको कारण भोजपुर तिनतए दिङ्ला सडक कालोपत्रे हुने काम बर्शौसम्मका लागि नहुने नै थ्यो होइन ररु
४। म निर्वाचित क्षेत्रको दुख सतिघाटको पुलमा बर्षै पिछे बजेट हालिएको अवस्थामा पनि त्यसलाई कार्यन्वयन किन गर्न चाहनुभएन शेरधन राइज्युले मुख्यमन्त्री हुँदारु म मुख्यमन्त्री भएपछि तुरुन्तै ठेक्का खोल्ने फाइनल तयारी गरीसक्दा सङ्घ सरकारले ठेक्का खुलाइदिएकोले नत्र मेरै पालामा प्रदेस सरकारले ठेक्का लगाउथ्यो रु
५। कम्जोर सरकारको मुख्यमन्त्री भएर १ बजेट ल्याउदा भोजपुरमा भएको काम हेर्दा गरेको भए शक्तिशाली सरकारको ४ वटा बजेट ल्याउने मौका पाउनुभएको शेरधन राइज्युले कति गर्न सक्नुहुन्थ्यो अनुमान गर्न सकिन्न ररु
अहिले यति, फेरि यस्तो विषयमा लेख्न बाध्य नपार्नुहोला एमालेका मित्रहरु

तपाईको प्रतिक्रिया