संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठक बस्नेछ ।

आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसका लागि संघीय संसद्का सदस्यहरूलाई ३ः४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष ९बहुउद्देश्यीय कक्ष०, सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया