भोजपुर-आम्चोक खेलकुद विकास समितिको आयोजनामा भएको छौँखा साकेन्वा रनिङ शिल्ड प्रतियोगिताको उपाधी षडानन्दले हात पारेको छ । फाईनल खेलमा षडानन्द नगरपालिका भलिबल टिमले आम्चोक गाउँपालिकालाई सोझो सेटमा हराउँदै उपाधी हात पारेको हो ।
उक्त प्रतियोगितामा महिलातर्फ लेटाङ नगरपालिका प्रथम भएका छन् भने आम्चोक गाउँपालिका नै दोस्रो भएको हो । पुरुष तर्फको सेमिफाईनलिष्ट चम्पादेबी गाउँपालिका ओखलढुङ्गा र पाथीभरायाङवरक गाउँपालिका भएका हुन् भने महिला तर्फ साल्पासिलिछो गाउँपालिका भोजपुर र केपिलासगढी गाउँपालिका ओखलढुङ्गा सेमिफाईनलिष्ट भएका छन् ।
प्रतियोगिताको अवसरमा गाउँपालिकाले आफ्नो पालिकाबाट उत्पादन भएका ७ खेलाडीलाई नगद सहित सम्मान गरेको छ । सम्मानित हुनेमा अन्तराष्ट्रय खेलाडी सन्तोष राईलाई पालिकाले ४० हजार नगद सहित सम्मान गरेको हो । त्यस्तै पालिकाले प्रदेशबाट खेल्ने आफ्नो खेलाडी सन्देश बिष्ट, रोमन बस्नेत, रुमा श्रेष्ठ, आरुशा घिसिङ तामाङ, रोशिका बराईली र दिनेश राईलाई १५ १५ हजार नगद सहित सम्मान गरेको आयोजकले जनाएको छ ।









