राष्ट्र बैंकले तेह्र अर्बको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले तेह्र अर्बको ट्रेजरी बिल बिक्री गर्दै
काठमाण्डौ, नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले बोलकबोल प्रक्रियामा सहभागी भई ट्रेजरी बिल खरीदका लागि आग्रह गरेको छ । बैंकले यसअघि पनि यही साउन ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

वारपाक सडकको ठेक्का रद्ध, नागार्जुन त्रिशुली जेभीलाई कालोसूचीमा राख्ने तयारी

वारपाक सडकको ठेक्का रद्ध, नागार्जुन त्रिशुली जेभीलाई कालोसूचीमा राख्ने तयारी
गोरखा, गोरखा वारपाक सडक अन्तर्गत पहिलो खण्ड निर्माणको काम अलपत्र पार्ने नागार्जुन त्रिशुली जेभीसँगको ठेक्का सम्झौता रद्ध भएको छ । पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्ध गरिएको हो । ठेकेदार कम्पनीले गोरखा वारपाक सडकखण्डको जरेवरदेखि खहरे आसपाससम्मको सडक कालोपत्रेको ठेक्का लिएको थियो । १७ महिनामा काम सम्पन्न गर्ने गरी २०७१ असार ३१ गते ठेक्का सम्झौता भए पन...

प्रदेश ३ सरकारकोे खर्च : खर्च गर्नेमा आर्थिक मामिला मन्त्रालय अगाडि

प्रदेश ३ सरकारकोे खर्च : खर्च गर्नेमा आर्थिक मामिला मन्त्रालय अगाडि
मकवानपुर, प्रदेश नम्बर ३ का सबै मन्त्रालय र कार्यालयमध्ये धेरै खर्च आर्थिक मामिला मन्त्रालय र सबैभन्दा कम खर्च आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको छ । गएको आर्थिक वर्ष २०७५र०७६ मा आर्थिक मन्त्रालयले कुल ८० दशमलव ३४ प्रतिशत खर्च गरेको छ । आन्तरिक मामिला मन्त्रालयले भने कुल १८ दशमलव ९९ प्रतिशत खर्च गरेको हो । आर्थिक मामिला मन्त्रालयले कुल बजेट ७ अर्ब ८७ करोड २ लाख ९१ हजार मध्ये ६ अर्ब ३...

सोमबार कोरियन वन र कुवेती दिनारको भाउ घट्यो

सोमबार कोरियन वन र कुवेती दिनारको भाउ घट्यो
काठमाण्डौ, सोमबार कोरियन वन र कुवेती दिनारको मूल्य केही पैसाले घटेको छ भने अरु मुद्राको भाउ घटबढ भएको छैन । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २९ रुपैयाँ ४७ पैसा छ । हिजो कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको थियो । य...

१४ खर्बको किन्दा जम्मा ९७ अर्बको मात्रै बेचियो, तरकारी किन्न मात्रै २८ अर्ब रुपैयाँ बाहिरियो

१४ खर्बको किन्दा जम्मा ९७ अर्बको मात्रै बेचियो, तरकारी किन्न मात्रै २८ अर्ब रुपैयाँ बाहिरियो
काठमाण्डौ, गएको आर्थिक वर्षमा नेपालको व्यापार घाटा १३ खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ ।आर्थिक वर्ष २०७५र७६ मा नेपालले १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँको सामान आयात गरेकोमा जम्मा ९७ अर्ब १० करोड रुपैयाँको सामान निर्यात गरेको छ । नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७४÷७५ मा नेपालको व्यापार घाटा ११ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो । गएको वर्ष नेपालले २ खर्ब ५४ अर्ब ...

लिभरपुलको लज्जास्पद प्रदर्शन, नापोलीसँग पनि पराजित

लिभरपुलको लज्जास्पद प्रदर्शन, नापोलीसँग पनि पराजित
युरोपेली च्याम्पियन लिभरपुललाई इटालियन क्लब नापोलीले ३–० ले हराएको छ ।प्रि(सिजनको मैत्रिपूर्ण खेलमा लिभरपुलले कुनै पनि खेलमा जित हात पार्न सकेन । यसअघि लिभरपुल जर्मन क्लब बोरुसिया डोर्टमण्ड र स्पेनिस क्लब सेभियासँग पराजित भएको थियो भने पोर्चुगिज क्लब स्पोर्टिङसँग बराबरीमा रोकिएको थियो । इडिनबर्गमा रहेको मुरेफिल्ड स्टेडियममा भएको खेलमा नापोलीलाई जित दिलाउनका लागि लोरेन्जो इन्साइन नायक बने । त...

कोलम्बियाका इगान बर्नालले जिते ‘टुर दि फ्रान्स’को उपाधि

कोलम्बियाका इगान बर्नालले जिते ‘टुर दि फ्रान्स’को उपाधि
प्रतिष्ठित साइकल र्‍याली टुर दि फ्रान्सको उपाधि कोलम्बियाका चालक इगान बर्नालले जितेका छन् । २१औं चरण लामो चल्ने रेसमा टिम इनियोसका बर्नालले ८२ घण्टा ५७ मिनेटमा दुरी पूरा गर्दै पहिलो भए । २२ वर्षे बर्नाल टुर दि फ्रान्स जित्ने सबैभन्दा कान्छ खेलाडी बनेका छन् । यससँगै उनी यो प्रतिष्ठित उपाधि जित्ने पहिलो कोलम्बियन खेलाडी पनि बनेका छन् । बर्नालभन्दा एक मिनेट ११ सेकेण्डले पछि परेका बेलायतका जेराइ...

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदै

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदै
सिंगापुरमा भएको टी–२० विश्वकप एशिया छनोट खेलेर नेपाली टिम सोमबार राति स्वदेश फिर्ता हुने भएको छ । सिंगापुरसँग आइतबार भएको खेलमा ८२ रनले पराजित भएसँगै ग्लोबल छनोटमा पुग्न असफल भएको नेपाली टिम राति साढे १० बजे काठमाडौं आइपुग्ने जनाइएको छ । पहिलो खेलमा कतारसँग पराजित भएको नेपाल अन्तिम खेलमा सिंगापुरसँग पराजित भएसँगै अर्को वर्ष हुने विश्वकप क्रिकेटका लागि ग्लोबल छनोट खेल्ने सपना सकिएको छ । नेपाल...

बाघ संरक्षणमा नेपाल पहिलो देश बन्दै : डमरु हुर्काउन सकेमा मात्रै पनि लक्ष्य पुग्ने

बाघ संरक्षणमा नेपाल पहिलो देश बन्दै : डमरु हुर्काउन सकेमा मात्रै पनि लक्ष्य पुग्ने
काठमाण्डौ, बाघ संरक्षणमा नेपाल विश्वकै पहिलो देश बन्ने सम्भावना बढेर गएको छ । १० वर्षमा पाटे बाघको संख्या १ सय २१ बाट बढेर २ सय ३५ पुगेकाले यही अवस्था रहेमा नेपाल बाघ संरक्षणमा विश्वकै पहिले देश बन्ने सरकारको भनाई छ । विश्वमा बाघ पाइने देशहरुको सन् २००९ मा भएको सम्मेलनले सन् २०२२ भित्र बाघको संख्या दोब्बर बढाउने प्रतिबद्धता जनाएको थियो । प्रतिबद्धता जनाउँदाको बेला नेपालमा बाघको संख्या १ सय २१ थ...

अमेरिकी सुराकी विभाग प्रमुखले दिए राजिनामा

अमेरिकी सुराकी विभाग प्रमुखले दिए राजिनामा
साउन १३, २०७६ सोमबार अमेरिकाको सुराकी विभागका प्रमुख डान कोट्सले राजिनामा दिएका छन् । कोट्सले केही समय अघि नै राजिनामा दिएपनि राष्ट्रपति ट्रम्पले उनको ठाउँमा जोन र्‍याटक्लिफलाई नियुक्त गरेपछि मात्र यसबारे सार्वजनिक भएको हो । यससँगै कोट्स ट्रम्प प्रशासन छोड्ने पछिल्लो उच्च पदस्थ ब्यक्ति बनेको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले गएको जनवरीमा प्रमुख कोर्ट निष्कृय रहेको र इरानले उत्पन्न गर्न सक...