दशैं खर्च कटाएर पाँचखपनका वडाध्यक्ष र मेयरले गरे सडक मर्मत
संखुवासभा, पाँचखपन नगरपालिकाका जनप्रतिनिधिले व्यक्तिगत खर्चमा सडक मर्मत गरेका छन् । वडा नं. १ का वडाध्यक्ष टेक बहादुर बुढाथोकी र मेयर विपिन राईले नगर भित्रका मूख्य सडक मर्मत गरेका हुन् । दशैं खर्च कटाएर स्थानीयलाई दशैंमा आवतजावतका लागि सहज बनाउन सडक मर्मत गरेको वडाध्यक्ष बुढाथोकीले बताए ।
शुक्रबार देखि भ्याकुलोडर प्रयोग गरेर सडक मर्मत सुरु गरिएको मेयर राईले बताए । शुक्रबार बडहरेनी–वाना, वाना–बिहि...










