कोशी प्रदेशको निर्णय विरुद्ध भोजपुरको दिङ्लामा विरोध कार्यक्रम

कोशी प्रदेशको निर्णय विरुद्ध भोजपुरको दिङ्लामा विरोध कार्यक्रम
भोजपुर–जिल्लामा परेको ठुला योजना खारेज गर्ने निर्णय गरेपछि भोजपुरवासीले कोशी प्रदेश सरकारको विरोध गरेका छन् । दिङ्ला–तिन्तले, तिन्तले–भोजपुर कालोपत्रे सडक योजना कोशी प्रदेश सरकारले खारेज गर्ने निर्णय गरेपछि प्रदेश सरकारको विरोधमा भोजपुरवासीहरु उत्रेका छन् । बुधबार भोजपुरको दिङ्ला बजारमा विभिन्न राजनितिक दल, उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति साथै सम्पुर्ण भोजपुरवासीहरुले प्रदेश सरकारको व...

टेम्केमैयुङ गाउँपालिकाको गौरवको योजना “दुध मिसन”

टेम्केमैयुङ गाउँपालिकाको गौरवको योजना “दुध मिसन”
भोजपुर– असार १० भन्दा अगाडी स्थानीय तहहरुले आफ्नो बजेट निर्माण गरिसक्नु पर्ने व्यवस्था अनुसार सबै देशभरका स्थानीय तहहरुको निती तथा कार्यक्रम र बजेट सार्वजानिक भईरहेको छ । यहि क्रममा भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले पनि आर्थिक वर्ष २०८०÷०८१ को लागि आफ्नो निती तथा कार्यक्रम सहित बजेट पारित गर्दै १४ औं गाउँसभा सम्पन्न गरेको छ । आफ्नो निती तथा कार्यक्रममा पालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखे...

साल्पासिलिछो गाउँपालिकाको बजेट ३८ करोड १३ लाख ९४ हजार बराबरको

साल्पासिलिछो गाउँपालिकाको बजेट ३८ करोड १३ लाख ९४ हजार बराबरको
भोजपुर– भोजपुरको उत्तरी क्षेत्रमा रहेको साल्पासिलिछो गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को लागि ३८ करोड बराबरको बजेट पारित गरेको छ । असार ९ गते शनिबारदेखि सुरु भएको दुई दिने १३ औं गाउँसभाले ३८ करोड १३ लाख ९४ हजार ८ सय रुपैया बराबरको बजेट पारित गरेको हो । गाउँसभाले संघि सशर्त अनुदान र विषयगत बजेट गरि ३८ करोड १३ लाख ९४ हजार ८ सय बराबरको बजेट पारित गरेको छ । पालिकाले भौतिक पुर्वधारको शाखा ४ करो...

पौवादुङमा गाउँपालिकाको बजेट ३९ करोड ९ लाख ९ हजार

पौवादुङमा गाउँपालिकाको बजेट ३९ करोड ९ लाख ९ हजार
भोजपुर– पौवादुङमा गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को लागि ३९ करोड बराबरको बजेट पारित गरेको छ । असार ९ गते शनिबार सम्पन्न भएको पालिकाको १३ औं गाउँसभाले ३९ करोड ९ लाख ९ हजार ९ सय रुपैया बराबरको बजेट पारित गरेको हो । गाउँसभाले संघि सशर्त अनुदान र विषयगत बजेट गरि ३९ करोड ९ लाख ९ हजार ९ सय बराबरको बजेट पारित गरेको छ । पालिकाले भौतिक पुर्वधारको शाखा ५ करोड ५५ लाख, सामाजिक विकाशमा २ करोड ६८ लाख, आर्...

षडानन्द नगरपालिकाको बजेट ८५ करोड १७ लाख ९९ हजार

षडानन्द नगरपालिकाको बजेट ८५ करोड १७ लाख ९९ हजार
भोजपुर । भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको आठौं नगरसभाले आर्थिक बर्ष २०८०÷८१ को लागि ८५ करोड १७ लाख ९९ हजार बराबरको बजेट पारित गरेको छ । असार ९ गते शनिबार नगर प्रमुख सुरेन्द्र उदासले प्रस्तुत गरेको निति तथा कार्यक्रम र उपप्रमुख प्रमिला राईले प्रस्तुत गरेको आर्थिक विनियोजन विधेयक पारित गदै आठौं नगरसभा सम्पन्न भएको हो । नगरसभाले सशर्त अनुदान र विषयगत बजेट गरि ८५ करोड १७ ल...

नगर उपप्रमुख र स्वास्थ्य शाखा प्रमुख विरामीको साहारा

नगर उपप्रमुख र स्वास्थ्य शाखा प्रमुख विरामीको साहारा
भोजपुर– आफ्नो पालिकाको विरामी लिएर पालिका उपप्रमुख र स्वास्थ्य शाखा प्रमुख जिल्ला अस्पताल धनकुटा पुगेका छन् । पालिकाको ६ जना विरामीहरुको उपचार गराउन विरामीको आफन्त संगै कुरुवा बसेर षडानन्द नगरपालिकाकी उपप्रमुख प्रमिला राई र स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठ जिल्ला अस्पताल धनकुटामा कुरुवाको रुपमा वसिरहेका छन् । षडानन्द नगरपालिकाले स्वास्थ्य सिविर मार्फत पाठेघर खस्ने समस्या भएका महिलालाई उपचार...

कोशी प्रदेश सरकारको निर्णय विरुद्ध भोजपुरमा ¥यालि सहित विरोध कार्यक्रम

कोशी प्रदेश सरकारको निर्णय विरुद्ध भोजपुरमा ¥यालि सहित विरोध कार्यक्रम
भोजपुर– कोशी प्रदेश सरकारको निर्णय विरुद्ध भोजपुरमा ¥याली सहित विरोध कार्यक्रम भएको छ । जेष्ठ १८ गते मन्त्री स्तरको निर्णय र जेष्ठ ३१ गते भएको मुख्यमन्त्री, आर्थिक मन्त्री र योजना मन्त्री स्तरको निर्णयको विरोधमा भोजपुरमा ¥याली सहित विरोध कार्यक्रम गरेका छन् । हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारले अघिल्लो सरकारले स्रोत सुनिश्चित गरि विनियोजन गरेको ठुला ठुला योजनाहरुको स्रोत सहमति खारेज गर्...

दिङ्ला–भोजपुर सडक कालोपत्रे योजनाको स्रोत सहमती खारेज गर्ने प्रदेश सरकारको निर्णय

दिङ्ला–भोजपुर सडक कालोपत्रे योजनाको स्रोत सहमती खारेज गर्ने प्रदेश सरकारको निर्णय
भोजपुर– दिङ्ला–तिन्तले, तिन्तले–भोजपुर सडक कालोपत्रे योजनाको स्रोत सहमती खारेज गर्ने कोशी प्रदेश सरकारले निर्णय गरेको छ । अगिल्लो सरकारले दिङ्ला भोजपुर सडकलाई कालोपत्रे गर्ने योजनाको झन्डै दुई अरब बजेटको स्रोत सुनिश्चित गरि जिल्ला पुर्वधार भोजपुरद्धारा ठेक्का आह्वान गरि ठेक्का कुन कम्पनीले पायो भन्ने निर्णयमा पुगेपछि प्रदेश सरकारले स्थगितगर्न पत्राचार गरेको थियो । २०८० बैशाख १८ गतेको निर्णयले स...

ठुलो बजेट रोक्दै, सानो बजेट दिएर जस लिँदै कोशी प्रदेश सरकार

ठुलो बजेट रोक्दै, सानो बजेट दिएर जस लिँदै कोशी प्रदेश सरकार
भोजपुर– अगिल्लो सरकारले सुनिश्चित गरेको ठुला बजेटहरु कोशी प्रदेश सरकारले रोकि दिएको छ । अगिल्लो सरकारले दिङ्ला–तिन्तले र तिन्तले–भोजपुर सडक कालोपत्रेको लागि बजेटको सुनिश्चितता गरि भोजपुर पुर्वाधार विकास कार्यालयले ठेक्का खोली काम अगाडी बढाउने समयमा योजना रोकि दिएको छ । यत्तिका ठुलो बजेट रोकेर साना तिना बजेट देखाएर जस लिने काम गरेको पुर्व मुख्यमन्त्री राजेन्द्र राईले बताएका छन् । राईले आफ्नो...

जिल्ला प्रशासन भोजपुरद्धारा दिङ्ला बजार अनुगमन, ४ बर्ष अगाडी म्याद गुज्रिएको खाद्या सामग्री जफथ

जिल्ला प्रशासन भोजपुरद्धारा दिङ्ला बजार अनुगमन, ४ बर्ष अगाडी म्याद गुज्रिएको खाद्या सामग्री जफथ
भोजपुर– जिल्ला प्रशासन भोजपुरद्धारा दिङ्ला बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा ४ बर्ष अगाडी नै म्याद सकिएको सामग्री समेत खाद्य तथा किराना पसलमा भेटिएको हो । जिल्लाकै उत्तरी क्षेत्रमा रहेको दोस्रो ठुलो बजारको १० ओटा खाद्या तथा किराना पसलमा अनुगमन गर्दा १५ हजार बराबरको खाद्य तथा खुद्रा सामग्री भेटिएपछि जफथ गरिएको छ । खाद्य तथा किराना पसलमा मसला जन्य पदार्थ, विभिन्न प्रकारका सस, साथै थोक तथा खु...