देशको लागि स्वर्ण सहित चार पदक दिलाउने दुई खेलाडीलाई जिल्लामा स्वागत
भोजपुर– सातौं क्षिण एसियाली आई.टि.एफ च्याम्पिएनसिप प्रतियोगितामा देशको लागि स्वर्ण सहित चार पदक दिलाउने भोजपुरका दुई खेलाडीलाई जिल्लामा स्वागत गरेको छ । भोजपुर जिल्ला आई.टि.एफ तेक्वान्दोको आयोजनामा भएको स्वागत तथा सम्मान कार्यक्रम ¥याली सहित गरेको हो ।
भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार परिक्रमा साथै कोणसभा गरेर स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । परिक्रमा बजार प्रवेश गर...











