शुभारम्भ

शुभारम्भ
आज साउन १३ गते सोमबार २०७६ । यस अभूतपूर्व दिनको अवसरमा ‘अनलाइन मल्टिमिडिया’ जनगुनासो डटकम शुभारम्भ भएको छ । दुर्गम हिमाली जिल्लाबाट पत्रकारिता उचाईमा थप टेवा पुग्ने छ भन्ने विश्वासका साथ यो अनलाइन सञ्चालनमा ल्याएका छौं। विभिन्न सञ्चार माध्यमहरु समेत सञ्चालन गर्न समस्या भइरहदा यतिखेर अनलाइन पत्रिका सुरु गर्नु सहज नहुने नै छ । उसै पनि संचार माध्यमलाई हावाको खेती भन्ने गरिन्छ । अझ अनलाईन अनावश्यक सू...

किमाथांका सडक : वरुणसम्म बाटो खुल्यो

किमाथांका सडक : वरुणसम्म बाटो खुल्यो
मकालु / अविरल वर्षासंगै पहिरोले अवरुद्ध बनेको किमाथांका सडक सञ्चालनमा आएको छ । गत असार २ गते सडकका विभिन्न स्थानमा पहिरो गएपछी किमाथांका सडक अबरुद्ध बनेको थियो । सडक अवरुद्ध बनेपछी मकालु गाउँपालिकाका विभिन्न वडा र भोटखोला गाउँपालिका यातायात सेवाबाट बञ्चित भएको थियो । पहिरोले मानिस समेत आवतजावत गर्न नसक्ने भएकाले मकालु युवा समाज र नेपाली सेनाले फ्याक्सिन्दा दोभान देखि नयाँबस्तीसम्म बाटो मर्मत गर...

संखुवासभा : रुद्राक्षको बोटदेखि लडेर घाइते

संखुवासभा : रुद्राक्षको बोटदेखि लडेर घाइते
संखुवासभा / संखुवासभामा रुद्राक्षको बोटदेखि लडेर एक जना घाइते भएका छन् । रुद्राक्ष हेर्ने क्रममा रुखदेखि लडेर चैनपुर नगरपालिका ११ लोहाकोटमा एक जना घाएते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । लोहाकोटका चित्र बहादुर दाहाल लडेर घाइते भएको बताइएको छ । दाहाल शनिबार बिहान ११ बजे रुद्राक्ष हेर्न बोटमा चढेका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । ढाडमा समस्या देखिएका...

कक्षा १२ को नतिजा आज

कक्षा १२ को नतिजा आज
काठमान्डाैं / माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाइसकेको छ । बोर्ड स्रोतका अनुसार आइतबार प्राविधिकसहितको उपस्थितिमा नतिजाको सुद्धता परीक्षण गरेको छ । परीक्षणमा ‘इरर’ नभेटिएपछि सोमबार नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वज...