आजदेखि संसदमा बजेट पूर्वको छलफल सुरु हुने

आजदेखि संसदमा बजेट पूर्वको छलफल सुरु हुने
काठमाण्डौ, संसदमा आजदेखि बजेट पूर्वको छलफल सुरु हुने भएको छ । आज बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकमा अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसपछि छलफल सुरु गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजेपछि र प्रतिनिधिसभाको बैठक बिहान ११ बजेपछ...

संखुवासभामा जंगली च्याउ खाँदा १ को मृत्य १० जना उपचार पछि घर फर्किए

संखुवासभामा जंगली च्याउ खाँदा १ को मृत्य १० जना उपचार पछि घर फर्किए
संखुवासभा, संखुवासभामा जंगली च्याउका कारण १ जनाको ज्यान गएको छ । सभापोखरी गाउँपालिका वडा नं. २ का २४ वर्षिय मनिला राईको शुक्रबार बिहान उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको हो । च्याउ खाएर बिरामी परेपछि मनिला सहित तीन परिवारका १२ जनालाई बैशाख २१ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो । खाँदबारीमा उपचार हुन नसकेपछि वैशाख २३ गते मनिलालाई रेफर गरिएको थियो । शुक्रबार नै ...

विदेशी फर्किए तर नेपाली भरिया संखुवासभामै अड्किए

विदेशी फर्किए तर नेपाली भरिया संखुवासभामै अड्किए
संखुवासभा जिल्लाको मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ जना भरिया सभापोखरीमा अलपत्र परेका छन्। विदेशी पर्यटकका भरियाका रुपमा आएका १५ जना लकडाउनका कारण सभापोखरी गाउँपालिका २ बाह्रविसेमा अलपत्र अवस्थामा छन्। उनीहरुसँगै आएका विदेशी पर्यटक फर्किए पनि भरियाहरु अझै सभापोखरी गाउँपालिकामा अलपत्र परेका सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए। पास नभएका कारण सभापोखरीको बाह्रबिसेम...

प्रदेश १ मा अनुत्पादक क्षेत्रको बजेट कटौती

प्रदेश १ मा अनुत्पादक क्षेत्रको बजेट कटौती
कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण प्रदेश १ सरकारले चालू आर्थिक वर्ष अनुत्पादक क्षेत्रको करिब ५ अर्ब बजेट कटौती गरेको छ । कोरोना नियन्त्रणका लागि आगामी वर्षसमेत स्रोत व्यवस्थापन गर्ने गरी १२ शीर्षकका बजेट कटौती गरिएको हो । चालू वर्ष खर्च हुन नसक्ने बजेट सबै मन्त्रालयलाई समर्पण गर्नसमेत सरकारले निर्देशन दिएको छ । अनुत्पादक क्षेत्रको र खर्च हुन नसक्ने बजेट प्रतिफल आउने बहुवर्षीय योजनाहरूमा रकमा...

भरतपुर कोरोना अस्पतालका कर्मचारीले रातमा सामान ओसारेको भिडियो फुटेज सार्वजनिक, छानबिन समिति गठन

भरतपुर कोरोना अस्पतालका कर्मचारीले रातमा सामान ओसारेको भिडियो फुटेज सार्वजनिक, छानबिन समिति गठन
चितवन, चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा कर्मचारीहरुले नै समान ओसार्ने (चोर्ने) गरेको आरोप लागेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुले रातको समयमा अस्पतालमा समान चोरी गरेको भिडियो भन्दै अहिले अस्पतालको सीसीटीभी फुटेज सार्वजनिक भएको छ । कोरोना आशङ्का गरिएका र सङ्क्रमित बिरामीको उपचारका लागि भनेर भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालमा कार्यरत कर्मचार...

कोरोना देखिएकी विरगञ्जका युवतीको मृत्यु

कोरोना देखिएकी विरगञ्जका युवतीको मृत्यु
वीरगञ्ज, र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज १० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ । उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पत...

फरक नतिजा आएपछि जनकपुरमा पीसीआर परीक्षण स्थगित

फरक नतिजा आएपछि जनकपुरमा पीसीआर परीक्षण स्थगित
जनकपुरधाम, प्रादेशिक अस्पताल जनकपुरधामस्थित पीसीआर प्रयोगशालामा स्वाब परीक्षण बन्द भएको छ। पीसीआर प्रयोगशालाको रिपोर्टमा शंका उपशंका उत्पन्न भएपछि तत्कालका लागि प्रयोगशाला बन्द गरिएको हो। गत बिहीबार एक युवकको जनकपुरमा दुई पटक गरिएको स्वाब परीक्षणमा नेगेटिभ देखाए पनि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पोजिटिभ रिपोर्ट आएपछि परीक्षण बन्द गरिएको हो। सर्लाहीको धनकौल गाउँपालिकाका एक १...

दुवै अध्यादेश राष्ट्रपतिद्वारा औपचारिक रुपमा खारेज

दुवै अध्यादेश राष्ट्रपतिद्वारा औपचारिक रुपमा खारेज
काठमाण्डौ, सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गर्नु भएको हो । मन्त्रिपरिषद्ले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख छ । यसअघि मन्त्रिपरिषद्को बैठकले दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने न...

संखुवासभामा चट्याङ लागेर १ को मृत्यु

संखुवासभामा चट्याङ लागेर १ को मृत्यु
संखुवासभा, संखुवासभामा चट्याङ लागेर एक जनाको ज्यान गएकोे छ । भारी वर्षासंगै परेको चट्याङले पाँचखपन नगरपालिका २ की डम्बर कुमारी राईको ज्यान गएको वडाध्यक्ष उत्तम दाहालले जानकारी दिए । शनिबार राती साढे सात बजे घरमा नै बसिरहेको अवस्थामा चट्याङ परेको थियो । ५२ वर्षीय राईको घटनास्थलमा नै ज्यान गएको वडाध्यक्ष दाहालले बताए । चट्याङका कारण अन्य क्षति नभएको दाहालले जानकारी दिए ।

पाँचखपन २ मा मास्क र साबुन वितरण सम्पन्न

पाँचखपन २ मा मास्क र साबुन वितरण सम्पन्न
पाँचखपन, पाँचखपन नगरपालिका वडा नं. २ मा मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ । वडामा २ हजार ४ सय ३१ थान मास्क वितरण गरिएको वडाध्यक्ष उत्तम दाहालले जानकारी दिए । यस्तै वडा बासीका लागि ३ सय ९८ ओटा साबुन वितरण गरिएको छ । वडा समिति र कोरोना विपत व्यवस्थापन समिति वडा नं। २ ले मास्क तथा साबुन वितरण गरेको दाहालले बताए । स्थानीय युवा ओम बहादुर श्रेष्ठले पाँच सय थान मास्क वडालाई उपलब्ध गराएका छन् । वडा सम...