विदेशी फर्किए तर नेपाली भरिया संखुवासभामै अड्किए
संखुवासभा जिल्लाको मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ जना भरिया सभापोखरीमा अलपत्र परेका छन्। विदेशी पर्यटकका भरियाका रुपमा आएका १५ जना लकडाउनका कारण सभापोखरी गाउँपालिका २ बाह्रविसेमा अलपत्र अवस्थामा छन्।
उनीहरुसँगै आएका विदेशी पर्यटक फर्किए पनि भरियाहरु अझै सभापोखरी गाउँपालिकामा अलपत्र परेका सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए। पास नभएका कारण सभापोखरीको बाह्रबिसेम...











