संखुवासभा : ट्रकले किच्दा ३ वर्षीय बालकको घटनास्थलमै ज्यान गयो
धर्मदेवी नगरपालिकाको मुढे बजारनजिकै सोमबार बिहान मालवाहक ट्रकले किच्दा एक जना बालकको घटनास्थलमा नै ज्यान गएको छ ।
ज्यान गुमाउनेमा ३ वर्षीय आदित्य अधिकारी रहेको मुडे प्रहरी चौकीले जनाएको छ । सोमबार बिहान नागपञ्चमीको दिन शिवालयमा पूजा गरेर फर्किने क्रममा धर्मदेवी नगरपालिका–३ मुढेबजारका घनराज अधिकारी र उनकी श्रीमती रिता अधिकारीको ३ वर्षीय छोरा आदित्यको ज्यान गएको हो ।
इटहरीबाट खाँदबारीतर्फ आउँ...







