मकालु : घाइते विद्यार्थीको हेलिकोप्टरबाट उद्धार

मकालु : घाइते विद्यार्थीको हेलिकोप्टरबाट उद्धार
संखुवासभा, संखुवासभाको मकालु गाउँपालिका–३ समाटारमा भीरबाट खसेको ढुंगाले लागेर घाइते विद्यार्थीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। बुधबार बिहान ८ बजे विद्यालय जाँदै गरेकी कक्षा १० मा अध्ययनरत मनिसा तामाङलाई माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएकी थिइन्। तामाङलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको पावाखोला स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सुजन गुरुङले जानकारी दिए। ...

रुद्राक्षको स्वरुप बिगार्नेलाई कारबाहीको माग

संखुवासभा, रुद्राक्षको स्वरुप बिगार्नेलाई रुद्राक्ष व्यवसायी संघ संखुवासभाले कारबाहीको माग गरेको छ । संघले आइतबार प्रमुख जिल्ला अधिकारी समक्ष कारबाहीको माग गर्दै निवेदन दिएका छन् । रुद्राक्षको प्राकृतिक स्वरुप बिगार्न प्रयोग गरिएका विभिन्न औजारहरु बेलाबेलामा जफत गरिएको र यस्ता क्रियाकलाप नगर्न पटकपटक ध्यानाकर्षण गरिए पनि अटेर गरेकाले कारबाहीको माग गरिएको संखुवासभाका अध्यक्ष चक्र विशुंकेले बताए...

कृत्रिम बनावटले रुद्राक्षको मूल्य गिरावट

संखुवासभा, पूर्वी पहाडका जिल्लाहरुको मूख्य आय स्रोतको रुपमा रहेको रुद्राक्ष (दाना)को मूल्यमा भारी गिरावट आएको छ । विषेश गरी रुद्राक्षको राजधानी भनेर चिनीने भोजपुर र संखुवासभामा व्यापार सुरु हुनै लाग्दा मूल्यमा गिरावट आएको रुद्राक्ष व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष भुपेन्द्र कार्कीले जानकारी दिए । अप्राकृतिक रुद्राक्ष उत्पादन तथा कृत्रिम बनावटको हल्लाले रुद्राक्ष उत्पादन हुने जिल्लाहरुमा मु...

पाँचखपनमा दुषित पानी खाँदा २५ जना बिरामी

पाँचखपनमा दुषित पानी खाँदा २५ जना बिरामी
पाँचखपन, संखुवासभाको पाँचखपन नगरपालिका ४ मा दुषित पानी खाँदा २५ जना बिरामी परेका छन् । आइतबार देखि वडा नं। ४ को होक्से माझ गाउँ टोलमा दुषित पानीका कारण झाडा पखाला लागेर बिरामी परेका छन् । बिरामी पर्नेमा ९ जना पुरुष र १६ जना महिला रहेका छन् भने ३ जना बालबालिका रहेका छन् । ६ परिवारका २५ जनाले एउटै पानीको मुहान प्रयोग गर्ने र पानी दुषित भएकाले बिरामी परेको भेषराज वस्नेत (बिरामी)ले बताए । उनले भने ...

संखुवासभामा १ अर्ब २३ करोड बजेट फ्रिज

संखुवासभा, जिल्लामा चालु र पुजीगत तर्फ संघ र प्रदेश सरकारले उपलब्ध गराएको रकम मध्ये सरकारी कार्यालयको एक अर्ब २३ करोड बजेट फ्रिज भएको छ । गत आर्थिक वर्षमा जिल्लामा आएको उक्त रकम खर्च नहुँदा फिर्ता भएको हो । जिल्लालाई प्राप्त रकम मध्ये २० प्रतिशत रकम गत आर्थिक वर्षमा खर्च हुन सकेन । कोष तथा लेखा नियन्त्रक कार्यालय संखुवासभाका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा पुँजीगत तर्फ एक अर्ब २३ करोड तीन लाख ३२ ...

अधिकृत निरौलाको सभाखोलाले लियो ज्यान

अधिकृत निरौलाको सभाखोलाले लियो ज्यान
संखुवासभा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय योजना तथा अनुगमन शाखाका शाखा अधिकृत ऋषिकेश निरौलाको पौडि खेल्ने क्रममा मृत्यु भएको छ । सोमबार दिउँसो परिवारसँग पौडि खेल्न गएका खाँदबारी–१, का शाखा अधिकृत निरौलाको खोलामा डुवेर मृत्यु भएको छ । खाँदबारी नगरपालिका–९, सभाखोलामा निरौलाको मृत्यु भएको हो । ४५ वर्षिय निरौला आमालाई भेट्न साउन १४ मा खाँदबारी स्थित आफ्नो घर आएका थिए । पारिवारीक भेटघाटमा आएका...

संखुवासभामा विभिन्न घटनामा ३ को मृत्यु, एक घाइते

ट्रकले किच्दा बालकको ज्यान गयो धर्मदेवी नगरपालिकाको मुढे बजारनजिकै सोमबार बिहान मालवाहक ट्रकले किच्दा एक जना बालकको घटना स्थलमा नै ज्यान गएको छ । ज्यान गुमाउनेमा ४ वर्षीय आदित्य अधिकारी रहेको मुडे प्रहरी चौकीले जनाएको छ । सोमबार बिहान नागपञ्चमीको दिन शिवालयमा पूजा गरेर फर्किने क्रममा ट्रकले किच्दा धर्मदेवी नगरपालिका–३ मुढेबजारका अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । इटहरीबाट खाँदबारीतर्फ आउ...

सभाखोलामा डुबेर शाखा अधिकृतको ज्यान गयो

संखुवासभा, सभाखोलामा डुबेर एक जनाको ज्यान गएको छ । खाँदवारी नगरपालीका वडा नम्वर १ घिमिरे टोल बस्ने रिषिकेश निरौलाको खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । ४५ वर्षिय निरौला पौडी देल्ने क्रममा डुबेर ज्यान गएको हो । निरौला शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय योजना तथा अनुगमन शाखाका शाखा अधिकृत हुन् । पौडी खेल्ने क्रममा डुबेका निरौलालाई साथीहरुले खोलाबाट बाहिर निकाली उपचारको लागी तुम्लिङटार स...

संखुवासभामा करेन्ट लागेर एक घाइते

संखुवासभा, संखुवासभामा करेन्ट लागेर एक जना घाइते भएका छन् । जिल्लाको चैनपुर नगरपालिका वडा नम्वर ६ क्याम्पस चोकका नारायण प्रसाद नेपाल करेनट लागेर घाइते भएका छन् । खाँदवारी नगरपालिका ३ स्थित सुमन चोकमा बिजुलीको पोलमा चडी नेटको तार जोड्ने क्रममा नेपाललाई अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । करेनट लागेका नेपाललाई जिल्ला अस्पताल खाँदबारीमा उपचार पश्चात घर पठाइएको प्रह...

संखुवासभा : रुद्राक्षको बोटमै विषाधी प्रयोग

संखुवासभा : रुद्राक्षको बोटमै विषाधी प्रयोग
संखुवासभा, पूर्वी पहाडका जिल्लाहरुमा रुद्राक्ष व्यापार सुरु हुन लागेको छ । विषेश गरी रुद्राक्षको राजधानी भनेर चिनीने भोजपुर र संखुवासभामा चहलपहल सुरु भएको छ । तर यसको चहलपहल संगै अप्राकृतिक रुद्राक्ष उत्पादनको हल्लाले यी दुवै जिल्ला तातेको छ । विषाधी प्रयोग तथा मेसिन प्रयोग गरेर रुद्राक्षको कृत्रिम आकारमा उत्पादन गर्दा समस्या भएको भन्दै स्थानीय व्यापारी र कृषकहरु चिन्तित छन् । चिनिया व्यापारीले...