मुख्यमन्त्री राईको भोजपुर जिल्लाबाट उम्मेदवारी दर्ता
भोजपुर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यका लागि आफ्नै गृहजिल्ला भोजपुर जिल्ला प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’ बाट आज उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले सत्तारुढ गठबन्धन दलका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई उम्मेदवारी दर्ता गर्न पालो तोकबमोजिम मुख्यमन्त्री राईले आज दिउँसो ४ बजे मनोनयन पत्र दर्ता गर्नुभएको छ । उहा...










