दमनले द्वन्द बढाउँछ, विन विन सिचवेशनमा प्रदेशको नाम संसोधन गरौंः पुर्व मुख्यमन्त्री राई
भोजपुर– कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने गरी प्रदेशको नाम संसोधन गर्नुपर्ने बताएका छन्। ‘दमनले कहिले पनि आन्दोलन दबाउदैन, द्वन्द्व बढाउछ,’ उनले भने,’‘ विन विन सिचवेशनमा प्रदेशको नाम सशोधन गरौं।’
पहिचान पक्षधरको आन्दोलनलाई दमन गर्न नहुने उनले बताए । प्रदेशसभा बैठकमा आन्दोलनरत पक्षको माग सम्बोधनका लागि आवाज उठाउने उनले बताए । आज प्रदेश सभाको...











