खराब मौसमका कारण सेना र सशस्त्र प्रहरीको उद्धार टोली संखुवासभाको पहिरोस्थलमा पुग्न सकेन
प्रदेश १ को पहाडी जिल्ला संखुवासभाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँमा पहिरोको प्रकोपमा परेर बेपत्ता भएकाहरूको खोजी र प्रभावितहरूको उद्धारका लागि मौसम प्रतिकूल हुँदा हेलिकोप्टरबाट सुरक्षाकर्मी जान सकेका छैनन् ।
प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार बेपत्ताहरूको खोजी र प्रभावितहरूको उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार ...








