संखुवासभाको खाँदबारी १० मा लकडाउनमा निर्माण जारी, वडाध्यक्ष्यको आपत्ति
खाँदबारी नगरपालिका क्षेत्रभित्र वडाध्यक्षले आपत्ति जनाइरहेको भएपनि निर्माणकर्ताले बलमिच्याइ काम गरिरहेको गुनासो आएको छ । खाँदबारी नगरपालिका वडा नं। १० स्थित चाँबोटेमा नेपाल बिद्युत प्राधिकरणको सवस्टेन निर्माणमा बलमिच्याई भईरहेको वडाध्यक्ष केशवराज सिँ थापाले जानकारी गराएका छन् । भौतिक संरचना निर्माणका क्रममा ठेकेदार कम्पनीले जथाभावी नदीजन्य ढुङ्गा, रोडा, बालुवा उठाएपछि स्थानीयले आपत्ति जनाएको र वडा...









