खाँदबारी ३ द्धारा लकडाउनले समस्यामा परेकाहरुलाई खाद्यान्य वितरण

खाँदबारी ३ द्धारा लकडाउनले समस्यामा परेकाहरुलाई खाद्यान्य वितरण
खाँदबारी नगरपालिको वडा नम्बर ३ ले बिहिबार लकडाउनले समस्या परेकाहरुलाई राहत स्वरुप खाद्यान्य वितरण गरेको छ । वडा कार्यालयमा एक कार्यक्रम गरी दैनिक ज्यादारी गर्नेहरु कोरोना भाइरसका कारण गरिएको लकडाउनले खाद्यान्नबाट बन्चित हुन नदिन चामल सहितको खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष भरत घिमिरेले जानकारी दिनुभयो । वडा नंं. ३ का मजदुर, अश्रित परिवार, निम्न आयश्रोत भएका १ सय ५ परिवारलाई राहत सामग्री वितरण...

लकडाउनका कारण काम नपाउँदा संखुवासभामा मजदुरको बिजोक

संखुवासभा, कोरोना भाइरसको त्रास बढेसँगै घोषणा गरिएको लकडाउनका कारण संखुवासभामा ज्याला मजदुरी गरि जीवीकोपार्जन गरिरहेकाको बिजोग भएको छ । खोटाङ घर भई संखुवासभा सदरमुकाम खाँदबारीमा ज्याला मजदुरी गर्दै आएका रत्नमान बिकले यतिवेला आफ्नो परिवार भोकमरीमा परेको बताए । रोजगारी गरौं काम पाइँदैन, काम नभएपछि यो महँगीमा परिवार बचाउनै नसकिने परिस्थिति आइप¥यो । काम पाएदेखि जस्तोसुकै परिस्थिति आइलागोस गर्थें । ...

किमाथांका : हिउँले खाद्य सामाग्री लैजान समस्या

किमाथांका : हिउँले खाद्य सामाग्री लैजान समस्या
संखुवासभा, भोटखोला गाउँपालिकामा खाद्य संकट भएपछी राहत सामाग्री लैजान बाक्लो हिउँका कारण समस्या भएको छ । चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका १ किमाथांकामा खाद्य संकट भएपछी खाँदबारीबाट खाद्य सामाग्री लगिएको थियो । खाँदबारी देखि हुङगुङसम्म ट्याक्टरमा ढुवानी गरिए पनि यहाँबाट सडक नभएकाले मानिसहरुले नै बोक्नु पर्ने थियो । तर मौसम परिवर्तनका कारण बाक्लो हिउँ परेकाले सामाग्री लैजान समस्या भएको वडा नं...

पाँचखपनमा दुई युवाले हजार मास्क बाँडे

पाँचखपनमा दुई युवाले हजार मास्क बाँडे
पाँचखपन, पाँचखपन नगरपालिका वडा नं. ८ र ९ मा दुई युवाले मास्क वितरण गरेका छन् । वडा नं. ८ मा स्थानीय दमन न्यौपानेले पाँच सय थान मास्क वितरण गरेका हुन् । उनले वडा नं. ८ का वडाध्यक्ष र स्वास्थ्य चौकीका प्रमुखलाई मास्क जिम्मा लगाएका छन् । यस्तै वडा नं. ९ मा स्थानीय भिम बहादुर कार्कीले पाँच सय थान मास्क स्वास्थ्य इकाईका प्रमुख र वडाध्यक्षको रोहबरमा उपलब्ध गराएका छन् । साथै उनले एक सय थान साबुन समेत ...

मादीका कृषकलाई निशुल्क कृषि चुन वितरण

मादीका कृषकलाई निशुल्क कृषि चुन वितरण
मादी, मादी नगरपालिकाले मादीका कृषकलाई निशुल्क कृषि चुन वितरण गरेको छ । माटोको उर्वरा परिक्षण गरि कृषकलाई कृषिचुन वितरण गरिएको हो। गत माघमा नगरभरिमा ६ सय १० जनाको माटो परिक्षण गरिएको थियो । सोहि बमोजिम नगरपालिकाले कृषकलाई शतप्रतिशत अनुदानमा कृषि चुन वितरण गरेको हो । मादी नगरपालिकाको वडा नं १, २, ३ मा यस अघि नै कृषि चुन वितरण गरिएको थियो । वडा नं ७, ८ र ९ मा भने लकडाउन पश्चात् मात्रै वितरण गरिने मा...

भाइरस हटाउन कोइला खन्ने कोकोहोलो

भाइरस हटाउन कोइला खन्ने कोकोहोलो
संसार नोबेल कोरोना भाइरस कोभिड १९ को त्रासमा छ । यसले नपछ्याएका मुलुकहरु सायदै छन् । अहिले सम्पूर्ण मुलुक एकातिर र कोरोना अर्कोतिर भएको छ । निश्चित देशहरुले यसबाट बिस्तारै पन्छिएर लयमा फर्किदै रहेको अवस्थामा छ । हालसम्म ५ लाख ३२ हजार २ सय ८९ जनामा यसको संक्रमण फैलिएको छ । जसमध्ये १ लाख २४ हजार ३ सय ५५ जना उपचारपछी सफल भएका छन् भने २४ हजार ९० जनाले यो भाइरसका कारण ज्यान गुमाइसकेको छ । नेपालमा समेत ...

मादी नगरपालिकामा क्वारेन्टाइन निर्माण

मादी नगरपालिकामा क्वारेन्टाइन निर्माण
मादी, संखुवासभाको मादी नगरपालिकामा दुई बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । कोरोना संक्रमणबाट साबधानी अपनाउन क्वारेण्टाईन निर्माण गरिएको हो। नेपाल रेडक्रससोसाईटी उपशाखा मादीको हलमा क्वारेण्टाईन निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत गोरखनाथ मिश्रले बताए । अन्य स्थानमा थप उपचारका लागि लैजानु परेमा मादी स्वास्थ्य चौकीको एम्वुलेन्स र नगरपालिकाको गाडी तयारीका साथ राखिएको छ । यस्तै मादी छिर्ने नाकाहर...

विदेश र बाहिरबाट पाँचखपनमा आएकाहरु खोजी गरिदै

पाँचखपन, संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. १ मा विदेश तथा नगरपालिका बाहिरबाट आएकाहरुको खोजी सुरु भएको छ । बाहिरबाट पाँचखपन प्रवेश गर्नेहरु सम्पर्कमा आउन र सुरक्षित रहन वडाले भनेको छ । बाहिरबाट आउनेहरुमा कोरोना संक्रमण हुनसक्ने र उनीहरुका कारण अरुमा फैलन सक्ने भएकाले बाहिरबाट आएकाहरुलाई सम्पर्कमा आउन भनेको हो । पाँच दिन अघि मलेशियाबाट आएका दुई जनालाई परिक्षणका लागि वाना प्राथमिक स्वास्थ्य केन्...

संखुवासभामा क्‍वारेनटाइन तयारी नभएपछि चार भारतीयलाई फर्काइयो

संखुवासभामा क्‍वारेनटाइन तयारी नभएपछि चार भारतीयलाई फर्काइयो
संखुवासभा, बिरामी भएर संखुवासभा जिल्ला अस्पताल पुगेका चार भारतीयलाई डेरामै पठाइएको छ। २२० केभिएको कोसी करिडोरमा काम गर्न उनीहरु भारतबाट संखुवासभाको तुम्लिङटार आएका थिए। ज्वरो र रुघाखोकी लागेपछि सोमबार साँझ उनीहरु जिल्ला अस्पताल खाँदबारी आइपुगेका हुन्। उनीसँगै बसेका अन्य १५ जनामा पनि ज्वरो र रुघाखोकी आएको उनीहरुले बताएका छन्। कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै क्वारेन्टाइनमा राख्ने भनिए पनि तयार...

पाँचखपन नगरपालिका साक्षरता घोषणा

पाँचखपन नगरपालिका साक्षरता घोषणा
संखुवासभाको पाँचखपन नगरपालिका साक्षरता घोषणा भएको छ । बुधबार एक कार्यक्रमका बिच पाँचखपनलाई साक्षरता घोषणा गरिएको हो । तथ्यांक अनुसार पाँचखपन नगरपालिका ९७.०६ प्रतिशत साक्षरता रहेकाले साक्षरता घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठले बताए । नगरपालिकालाई शतप्रतिशत साक्षरता बनाउन सबैले हातेमालो गर्नुपर्ने नगर उपप्रमुख भिमादेवी राईले बताए । यो राष्ट्रिय अभियान नै भएकाले सबै क्षेत्र, निकाय...