पाँचखपन नगरपालिका साक्षरता घोषणा
संखुवासभाको पाँचखपन नगरपालिका साक्षरता घोषणा भएको छ । बुधबार एक कार्यक्रमका बिच पाँचखपनलाई साक्षरता घोषणा गरिएको हो । तथ्यांक अनुसार पाँचखपन नगरपालिका ९७.०६ प्रतिशत साक्षरता रहेकाले साक्षरता घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठले बताए । नगरपालिकालाई शतप्रतिशत साक्षरता बनाउन सबैले हातेमालो गर्नुपर्ने नगर उपप्रमुख भिमादेवी राईले बताए ।
यो राष्ट्रिय अभियान नै भएकाले सबै क्षेत्र, निकाय...










