नेपालमा निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने
काठमाडौं, देशभर कोभिड १९ परीक्षणका लागि सरकारले देशका विभिन्न स्थानमा १६ वटा प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
आरडिटी र पिसिआर गरी हालसम्म ५३ हजार भन्दा धेरैको परीक्षण गरिसकेको सरकारले जनाएको छ । यससँगै परीक्षण गर्न अब निजी प्रयोगशालाका लागि पनि बाटो खुलेको छ । परीक्षण दायरा बढाउन भन्दै सरकारले निजी प्रयोगशालाको लागि पनि बाटो खुला गरेको हो ।
यसका लागि स्वास्थ्य मन्त्रालयले ‘इन्ट्रीम गाइडलाइन फर द...





