शक्तिराष्ट्रबीच दोषारोपण : कोरोना जनावरले सार्‍यो कि मान्छेले ?

शक्तिराष्ट्रबीच दोषारोपण : कोरोना जनावरले सार्‍यो कि मान्छेले ?
काठमाडौं, नेपालमा यतिबेला कोरोना भाइरसको भन्दा ‘राजनीतिक भाइरस’ को चर्चा बढी छ । तर, चीन र पश्चिमी राष्ट्रका वीचमा चाहिँ कोरोना भाइरसकै विषयमा दोषारोपण चलिरहेको छ । अमेरिका र चीनले मिलेर काम गर्नुपर्ने बेलामा झगडा गरिरहेका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस चमेरोबाट मानिसमा सरेको चीनले दाबी गर्दै आइरहेको छ । तर, कतिपय पश्चिमा मिडियाले चाहिँ वुहानमा रहेको एक ल्याबबाट यो भाइरस फैलिएको दाबी...

भेरी नगरपालिकाका प्रमुखमाथि आक्रमण

भेरी नगरपालिकाका प्रमुखमाथि आक्रमण
जाजरकोट, जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता एवं नगरप्रमुख घर्तीमाथि शनिबार जिल्लाको भेरी नगरपालिका–१० को फेराखोलास्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको हो । साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उनको मलामी गएका नगरप्रमुख घर्तीलाई सत्तारूढ नेकपाका युवासङ्घ नेपाल जाजरकोटका संयोजक दीपेन्द्र शाहीको सम...

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३३ पुग्यो

लण्डन, कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ । दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक वेलफयरले पनि छुट्टै विव...

ट्रेन्डिङमा ‘लभ डायरिज’

ट्रेन्डिङमा ‘लभ डायरिज’
काठमाडौं, युट्युबमा रिलिज भएको दुई दिनमा फिल्म ‘लभ डायरिज’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको छ। फिल्मले १२ लाख ३४ हजारभन्दा बढी दर्शक पाएको छ। यही फागुनमा रिलिज भएको फिल्म ‘लभ डायरिज’ ले हलबाट भने लगानी उठाउन सकेन। हलमा रिलिज भएको दुई महिना नबित्दै निर्माण पक्षले युट्युबमा सार्वजनिक गरेपछि युट्युबमा भने दर्शकले रुचाएका छन्। फिल्मलाई ४१ हजारभन्दा बढीले लाइक गरेका छन् भने डिसलाइक गर्ने दुई...

नेपालीको उद्धार गर्न कांग्रेसको माग

नेपालीको उद्धार गर्न कांग्रेसको माग
काठमाडौं, नेपालबाहिर रहेका नेपालीको उद्धार गर्न प्रमुख प्रतिपक्षी कांग्रेसले माग गरेको छ। मुलुकबाहिर करिब ५० लाख नेपाली रहेको उल्लेख गर्दै कांग्रेसले उनीहरूलाई अत्यावश्यक परेको अभिभावकत्व प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेसले शनिबार विज्ञप्तिमार्फत सरकारलाई विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई राहत, उपचार र उद्धारमा तदारुकता बढाउन सरकारसँग माग गरेको हो। ‘विदेशमा रहेका नेपालीबारे क...

झापामा यसरी सर्‍यो कोरोना

झापामा यसरी सर्‍यो कोरोना
झापा, कोरोना संक्रमण पुष्टि भएका दमक नगरपालिका(३ का ६२ वर्षीय पुरुषका छोरा चैत ६ गते दुबईबाट नेपाल आएको खुलेको छ। स्वदेश फर्किने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य ज्वरोको परीक्षण गरिएको थियो। त्यसपछि उनी एयरपोर्टबाट ट्याक्सी चढेर कलंकी हुँदै सोही दिन काँकडभिट्टाको रात्रिबस चढेर दमकमा झरेका थिए। उनीसँगै अर्जुनधाराका अर्का एक युवा पनि सँगै रात्रिबसमा आएको बुझिएको इलाका प्रहर...

विद्युत् खपत घट्यो

विद्युत् खपत घट्यो
काठमाडौं, नेपाल विद्युत् प्राधिरकणले चालु आर्थिक वर्ष विद्युत् महसुलबाट करिब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो। गएका ८ महिना प्राधिकरणको लक्षित अनुमान सरह नै आम्दानी भए पनि फागुनयता कोभिड १९ को प्रकोप र लकडाउनका कारण महसुल संकलनको काम प्रभावित हुँदा अनुमानित राजस्व उठ्न नसक्ने कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन्। उद्योग, कलकारखाना र व्यापार व्यवसाय ठप्प हुँदा विद्युत...

कोसी अस्पताल बिराटनगरमा मा ३० जना संक्रमित

कोसी अस्पताल बिराटनगरमा मा ३० जना संक्रमित
विराटनगर, शुक्रबार साँझसम्ममा प्रदेश १ का ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैलाई प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको कोरोना विशेष अस्पतालमा उपचार सुरु भएको छ। उदयपुर, भोजपुर र दमकका संक्रमित सबैलाई एउटै अस्पतालमा चिकित्सक र सुरक्षाकर्मी परिचालन गर्दै उच्च निगरानीका साथ उपचार भइरहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए। ‘प्रदेश १ सरकार पहिलेदेखि नै तयारीमा थियो, अस्पताल तयार भएकाल...

भारतमा एकै परिवारका ८ नेपालीले जिते कोरोनालाई

भारतमा एकै परिवारका ८ नेपालीले जिते कोरोनालाई
काठमाण्डौ, कोरोना भाइरसको सङ्क्रमणबाट अस्पताल भर्ना भएका एकै घरका आठ जना निको भएर घर फर्केका छन् । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ घर भई भारतको मुम्बई बस्दै आएका उनीहरु शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । घर फर्केपछि परिवारका ४५ वर्षीय सदस्यले फेसबुकमा लेख्नुभयो ‘कोरोनालाई पराजित गर्दै २५ दिनपछि सपरिवार एक साथ हुँदा खुसीले गदगद भएको छु । यो खुसीको कुरा देश र विदेशमा रहनुभएका मेरा ...

अझै तीन दिन मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना

अझै तीन दिन मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना
काठमाण्डौ, आइतबार आज देखि मङ्गलबारसम्म नै देशका विभिन्न ठाउँमा मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमीसँगै स्थानीय वायु र बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले त्यसको प्रभाव देखिने भएको हो । जसका कारण आज, भोलि र पर्सि देशभरिकै मौसम सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित प...