सांसद राजेन्द्र गौतमको निवासबाट चोरी

काठमाडौँ, दिनदहाडै काठमाडौँमा एक सांसदको निवासबाट लाखौं रुपैयाँ बराबरको नगद तथा गरगहना चोरी भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित निवासबाट नगद र गरगहना चोरी भएको हो । सांसद गौतम काठमाडौ महानगरपालिका वडानम्बर १० देवीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । उनी संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । सूचनाविभाग नजिकै सांसद गौतम बस्ने घरमा बिहीबा...

बलात्कारको आरोपमा पक्राउ

संखुवासभा, किशोरी बलात्कारको आरोपमा चैनपुरमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चैनपुर नगरपालिका–२ का ४४ वर्षीय तर्बु शेर्पा रहेको प्रहरीले जनाएको छ। शेर्पालाई सोही वडाकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिद्धपोखरी बजारबाट बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिए। पीडितको स्वास्थ्य परीक्षण शुक्रबार गरिने उनले बताए। पक्राउ परेक...

देवकोटा जयन्तीमा मकालु साहित्य समाजको जिल्ला कारागारमा कविता प्रतियोगिता

देवकोटा जयन्तीमा मकालु साहित्य समाजको जिल्ला कारागारमा कविता प्रतियोगिता
संखुवासभा, महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ११ औ जन्मजयन्तीको अवसरमा जिल्ला कारागारमा कविता प्रतियोगिता सम्पन्न भएको छ । मकालु साहित्य समाज संखुवासभाले आयोजना गरेको प्रतियोगितामा देव गुरुङ पहिलो, सुनिता राई दोश्रो र सुजन विक तेश्रो भएको अध्यक्ष तारावहादुर बुढाथोकीले बताए । उक्त अवसरमा जिल्ला कारागारका जेलर विनोद अधिकारीलाई अध्यक्ष बुढाथोकीले प्रसंसापत्र ले सम्मान गरे।

पाँचखपन नगरपालिकाको वडा नं. १ र २ मा विद्युत जोडियो

पाँचखपन नगरपालिकाको वडा नं. १ र २ मा विद्युत जोडियो
पाँचखपन, संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. १ र २ मा विद्युत विस्तारको काम सम्पन्न भएको छ । साबिक स्याबुन गाउँ विकास समिति वडा नं. ६ मा ७५ घरधुरीमा विदुत जडान गरिएको वडाध्यक्ष टेक बहादुर बुढाथोकीले बताए । वडा नं. १ भित्र कै साबिक ४ र ५ मा भने विद्युत विस्तारको काम भइरहेको बुढाथोकीले बताए । यता साबिक ९ नं. वडामा विद्युत जडान भएको वडाध्यक्ष उत्तम दाहालले जानकारी दिए । उक्त वडामा १ सय ८० घरमा विद...

खाँदबारी ३ मा नेकपा र कांग्रेसकोे उम्मेदवार सर्वसम्मत

खाँदबारी ३ मा नेकपा र कांग्रेसकोे उम्मेदवार सर्वसम्मत
संखुवासभा, स्थानीय तहको उप निर्वाचनका लागि दलहरु उम्मेदवार छनौटमा छन् । यता संखुवासभाको खाँदबारी नगरपालिका ३ को अध्यक्ष पदका लागि नेकपा र कांग्रेस दुवैले आफ्ना उम्मेदवारको नाम सर्वसम्मत सफारिस गरेका छन्। वडा नं. ३ मा रिक्त वडाध्यक्ष पदका लागि नेकपा र कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको जनाएका छन् । रिक्त वडाध्यक्ष पदका लागि नेकपाबाट भरत घिमिरे र नेपाली कांग्रेसबाट विक्रम गुरुङको नाम सिफारिस गरिएक...

कुटपिटबाट एक जनाको मृत्यु

संखुवासभा, संखुवासभाको मकालु गाउँपालिका १ वालुङमा कुटपिटबाट एक जनाको ज्यान गएको छ। कुटपिटबाट मकालु–१ का ओङ्जु शेर्पाको ज्यान गएको वडाअध्यक्ष वाङदी शेर्पाले जानकारी दिए। छिमेकी पासाङ दावा शेर्पाले ओङजु शेर्पालाई कुटपटि गरेर घाइते बनाएका थिए। घाइते भएका ओङजुको स्थानिय स्वास्थ्य चौकीमा उपचार गरेर थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउदै गर्दा शनिबार बाटैमा मृत्यु भएको वाङदी शेर्पाले बताए। पास...

ओखरवोटे सामुदायिक सिकाई केन्द्रको नवौ साधारण सभा सम्पन्न

ओखरवोटे सामुदायिक सिकाई केन्द्रको नवौ साधारण सभा सम्पन्न
मादी, ओखरवोटे सामुदायिक सिकाई केन्द्रको नवौ साधारण सभा सम्पन्न भएको छ । सभाको अवसरमा सदस्य सचिव पर्मिला दाहालले केन्द्रको कार्य प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा भवन निर्माणका जग्गादाता सुदर्शन दाहाल तथा टिकादेवि दाहाललाई दोशल्ला ओढाएर सम्मान गरिएको छ । उनीहरुले १५ लाख वरावरको ३ सय ७५ वर्ग मिटर जग्गा निशुल्क उपलब्ध गराएका छन् । सिकाई केन्द्रले नगरमा निरक्षरता उन्मुलन गर्न साक्षर...

बिरानो हुँदै डोकेनी नाँच

बिरानो हुँदै डोकेनी नाँच
पुरुषहरू जाँडरक्सी र जुवातासमा रमाउन थाले  । युवायुवतीहरू देउसीभैलो र नाचगानमा हिँडेपछि घरमा वृद्धवृद्धा र केटाकेटीहरू मात्र बाँकी रहे  । यस्तो बेला घरधन्दा र कामको बोझले आजित भएका महिलाहरू विद्रोह गर्ने निधोमा पुगे । विद्रोहको अगुवाइ गर्ने महिलाहरूले आफ्नै लोग्नेको लुगा लगाएर पुरुषको भेष धारण गरे । अनुहारमा मोसो दले, मुखुण्डो लगाए । गर्भवती, सुत्केरी र अशक्त महिलाहरूलाई पनि साथैमा लगे । सुत्केरी...

अरुण तेस्रोका मेस ठेकेदारसहित तीनजना पक्राउ

संखुवासभा, अरुण तेस्रोको पावरहाउस दिदिङबाट प्रहरीले मेस ठेकेदारसहित तीन जनालाई पक्राउ गरेको छ। रकम लुटपाट गर्न खोजेको आरोपमा मेस ठेकेदार राजु प्रधान, रवीन श्रेष्ठ र बोलेरो चालक एक जनालाई पक्राउ गरेको स्रोतको भनार्इ छ। बुधबार साँझ सदरमुकाम खाँदबारीबाट पैसा बोकेर जाँदै गरेको गाडीमा हतियार देखाएर रकम लुट्न खोजेको आरोपमा दिदिङको केराबारीबाट तीन जनाई पक्राउ गरेको थियो । अरुण तेस्रोको पावर हाउसमा काम ग...

खाँदबारी खानेपानीका दुई कर्मचारी पक्राउ

खाँदबारी खानेपानीका दुई कर्मचारी पक्राउ
संखुवासभा, संखुवासभाको बृहत खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफार्इ संस्थाका दुई जना कर्मचारी पक्राउ परेका छन् । मिटर रिडर विक्रम बराल र पूर्व काउन्टर सहायक सुरेश ढकाल पक्राउ परेका हुन् । खानेपानी कार्यालयको १३ लाख ९५ हजार ४७ रुपैयाँ रकम घोटलाको आरोप लागेका काउन्टर सहायक सुरेश केही दिन अघि पक्राउ परेलगत्तै मिटर रिडर बरालसमेत पक्राउ परेको संस्थाले जनाएको छ। घोटला गरेको १३ लाख ९५ हजार ४७ रुपैयाँ रक...