संखुवासभामा लाग्यो उपनिर्वाचन, उम्मेदवार छान्दै दलहरु

संखुवासभामा लाग्यो उपनिर्वाचन, उम्मेदवार छान्दै दलहरु
संखुवासभा, संखुवासभाको स्थानीय तहमा उप निर्वाचन हुने भएपछि दलहरू चुनावी मैदानमा होमिएका छन्। आसन्‍न उपनिर्वाचनका लागि राजनीतिक दलहरू चुनावी अभियान तीव्रता दिन थालेका छन्। निर्वाचन आयोगले १४ मंसिरमा रिक्त स्थानीय तहमा उपनिर्वाचन मिति तोकेपछि दलहरू उम्मेदावर छान्‍न व्यस्त भएका हुन्। अहिले संखुवासभाका दुई तहमा जनप्रतिनिधि रिक्त छन्। मकालु गाउँपालिका अध्यक्षको पद र खाँदबारी नगरपालिका ३ मा वडाध्यक्ष पद...

मादीमा १० दिने मण्टेस्वरी तालिम सम्पन्न

मादीमा १० दिने मण्टेस्वरी तालिम सम्पन्न
मादी, मादी नगरपालिकामा दश दिने मन्टेश्वरी तालिम सम्पनन भएको छ । मादी नगरपालिकाको आयोजना तथा नेपाल करियर ट्रेनिङ फाउण्डेशन काठमाण्डौको सहयोगमा तालिम सम्पन्न भएको हो । मादी नगरपालिका भित्रका विद्यालयका बाल शिक्षिकाहरुलाई असोज २८ गते देखि तालिम दिइएको थियो । तालिममा २८ जना बाल सहयोगी शिक्षिकाहरुको उपस्थिति रहेको थियो । तालिममा करियर फाउण्डेसनका शाखा निर्देशक डिल्लिराम निरौला र प्रशिक्षक पुजा व्यनर्जि...

मकालुका आङ दावा शेर्पाले दुई बालबालिकालाई पढाई खर्च दिए

मकालुका आङ दावा शेर्पाले दुई बालबालिकालाई पढाई खर्च दिए
संखुवासभा, संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङका बुद्धि बहादर बिष्टको दुई छोराछोरीलाई पढाई खर्च हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको पहलमा बुद्धि बहादुरका ५ बर्षीय छोरा हिमाल र ३ बर्षीय छोरी हिमालीको पठनपाठन खर्च सोमबार एक कार्यक्रम बिच दाताको हातबाट रकम हस्तान्तरण गरिएको छ । मकालु गाउँपालिका–२ टासीगाउँ स्थायी घरभई हाल अमेरिकामा बस्दै आएका आङ दावा शेर्पाले ति बालब...

पाँचखपनमा तेक्वान्दो संघ गठन

पाँचखपनमा तेक्वान्दो संघ गठन
पाँचखपन, पाँचखपन नगरपालिकामा नगर स्तरीय तेक्वान्दो संघ गठन गरिएको छ । संखुवासभा तेक्वान्दो संघ अध्यक्ष लक्ष्मण लिङ्थेप र उपाध्यक्ष ध्रुव खड्काको उपस्थितिमा आइतबार संघ गठन गरिएको हो । सुवास मोक्तानको अध्यक्षतामा ७ सदस्यीय नगर स्तरीय समिति गठन गरिएको सहसचिव सुवोध श्रेष्ठले बताए । उपाध्यक्षमा सुवास साँवा, सचिवमा प्रेमदोर्ची शेर्पा र कोषाध्यक्षमा रत्नमान तामाङ चयन भएका छन् । यस्तै सल्लाहकार समिति संय...

संखुवासभामा पहिलो पटक जिल्ला स्तरीय सेपाकताक्रो प्रतियोगिता हुने

संखुवासभामा पहिलो पटक जिल्ला स्तरीय सेपाकताक्रो प्रतियोगिता हुने
संखुवासभा, संखुवासभामा पहिलो पटक जिल्ला स्तरीय सेपाकताक्रो प्रतियोगिता हुने भएको छ । सेपाकताक्रो संघ संखुवासभाको आयोजनामा कार्तिक ७ र ८ गते सदरमुकाम खाँदबारीमा प्रतियोगिता सञ्चालन गरिने आइतबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको हो । प्रतियोगितामा १६ टिमको सहभागिता रहने सेपाकताक्रो संघ संखुवासभाका अध्यक्ष रोषण थापा मगरले बताए । प्रतियोगिताको साथमा सेपाकताक्रोको राष्ट्रिय टिमको समेत खेल ...

खाँदबारीमा तिहारका लागि मादल बिक्रि सुरु

खाँदबारीमा तिहारका लागि मादल बिक्रि सुरु
संखुवासभा, गीत संगीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । तिहार आउनै लाग्दा संखुवासभाको खाँदबारीमा मादल बिक्रि सुरु भएको छ । चाडपर्वलाई लक्षित गरि सदरमुकाम खाँदबारी लगायत जिल्लाका अन्य बजारहरुमा समेत मादल बिक्रि गर्न थालिएको छ । तिहारमा देउसी, भैलो खेल्दा मादल प्रयोग हुने भएकोले तिहार लक्षित मादल बिक्रि सुरु भएको छ । तिहारमा मादलको बढी व्यापार हुन्छ । एउटा मादलको मूल्य १ हजार देखि १० हज...

मादीमा कांग्रेस परित्याग गरि ७ जना नेकपामा प्रवेश (नामावली सहित)

मादीमा कांग्रेस परित्याग गरि ७ जना नेकपामा प्रवेश (नामावली सहित)
मादी, नेकपा मादी नगरपालिका वडा नं. ६ को वडा कमिटीले गरेको एकता भेलामा नेपाली कांग्रेस परित्याग गरी ७ जना नेकपामा प्रवेश गरेका छन् । शनिबार एकता भेलामा नेपाली कांग्रेसका क्रियाशिल कार्यकर्ताहरु प्रवेश गरेको राम कुमार तामाङले बताए । प्रवेश गर्नेहरुमा किरण देवान, दिपमणी राई,पुष्पमणी राई राजेश राई, दिल बहादुर राई, नविन वस्नेत र भेषराज वस्नेत रहेका छन् । उनीहरुलाई अबिर लगाएर सम्मान गरिएको छ । एकता भेल...

संखुवासभामा ५ किलो सुनसहित पक्राउ परेका तोप्चेन सार्वजनिक

संखुवासभामा ५ किलो सुनसहित पक्राउ परेका तोप्चेन सार्वजनिक
संखुवासभा, सोमबार संखुवासभाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई प्रहरीले सार्वजनिक गरेको छ । तोप्चेनलाई बुधबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । विशेष सुराकीको आधारमा चेपुवा प्रहरीले तोप्चेनलाई भोटखोला गाउँपालिका–२ को घट्टेखोलाबाट पक्राउ गरेको थियो। चिनबाट किमाथांका नाका हुँदै नेपाल ल्याउदै गरेको अवैध सुन सह...

समय अगाबै निर्माण सम्पन्न गर्ने संखुवासभाका निर्माण व्यवसायी सम्मानित

समय अगाबै निर्माण सम्पन्न गर्ने संखुवासभाका निर्माण व्यवसायी सम्मानित
संखुवासभा, अहिले देशका अधिकांश ठेकेदार योजनाको ठेक्का लिएर काम नसकेर कारवाही भोगिरहेका छन्। तर संखुवासभाका एक ठेकेदारले तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेका छन् । कुन्सालिङ र अरुण–वरुण जेभीले जिल्लाभित्र र बाहिर गरी आधा दर्जन योजना सम्झौता अगाबै निर्माण सम्पन्न गरेको छ । कुन्सालिङ र अरुण–वरुण जेभीले निर्माण सम्पन्न गर्नुपर्ने समयभन्दा चार महिना अघि नै काम सकाएर हस्तान्तरण ...

संखुवासभाबाट पाँच किलो सुनसहित एक जना पक्राउ

संखुवासभाबाट पाँच किलो सुनसहित एक जना पक्राउ
संखुवासभा, संखुवासभाबाट पाँच किलो सुनसहित एक जना पक्राउ परेका छन् । संखुवासभाको भोटखोला गाउँपालिका २ लिङ्गमबाट खाँदबारी नगरपालिका १ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई सो परिमाणको सुन र नगद ३८ हजार ८० रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी चेपुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा सो सुन र नगद फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ...