संखुवासभाका सानु शेर्पा १४ वटा हिमाल आरोहण गर्ने तेस्रो नेपाली
संखुवासभा, संखुवासभा मकालुका ४४ वर्षीय सानु शेर्पाले विश्वभर रहेका ८ हजार माथिका १४ हिमालको आरोहण गरेका छन्। शेर्पा १४ हिमाल आरोहण गर्ने तेस्रो नेपाली हुन् भने विश्वभरबाट उनी ४२औं आरोही बनेका छन्।
शेर्पाले यसै साता धौलागिरी हिमालको सफल आरोहण गरी १४ हिमाल सफल आरोहण गर्ने आरोहीको किर्तिमान कायम गरेका हुन्। शेर्पाले सन् २००६ मा छ्योयु, २००७ मा सगरमाथा, २००८ मा ल्होत्से, २०१० मा मनास्लु, २०११ सिसापाङ...










