संखुवासभामा १२ सय ७ जनाले सुरक्षित गर्भपतन गराए
संखुवासभा, संखुवासभामा आर्थिक वर्ष २०७५/०७६ मा १ हजार २ सय ७ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जिल्लाका सूचीकृत स्वास्थ्य संस्थाबाट उनीहरुले सुरक्षित गर्भपतन गराएको समाज विकास केन्द्र सोडेकका कार्यक्रम अधिकृत कमानसिं राईले पाँचौ सुरक्षित गर्भपतन दिवसको अवसरमा बताएका हुन् ।
गर्भपतन गराउनेहरुमा सबैभन्दा बढी खाँदबारी नगरपालिकाबाट ३ सय ४५, पाँचखपन नगरपालिकाबाट १ सय ८६, चैनपुर नगरपालिकाबाट १ सय ७२, ...








