मादी ९ मा शिक्षा सुधारका लागी अन्तरकृया कार्यक्रम समपन्न

मादी ९ मा शिक्षा सुधारका लागी अन्तरकृया कार्यक्रम समपन्न
मादी, संखुवासभाको मादी नगरपालिका वडा नं ९ फाविङमा शिक्षा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा वडामा रहेका ३ वटै विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुको उपस्थितिमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयको शैक्षिक, भौतिक, आर्थिक विकास कसरी सम्भव छ भन्ने कुरामा केन्दृत रहेर सहभागिहरुले आफ्नो विचार राखेका थिए । विद्यालयहर...

संखुवासभामा खोलाले बगाएर बेपत्ता भएकी महिलाको शव भेटियो

संखुवासभा, मकालु गाउँपालिकामा पर्ने पुखुवा खोलाले बगाएर बेपत्ता भएकी महिलाको शव बुधबार भेटिएको छ । मकालु गाउँपालिका–६, घर भएकी २६ वर्षीया शुकमायाँ राईको शव बुधबार त्यसै स्थानका पुखुवा दोभानमा भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । गएको सोमबार साँझ ४ जना साथीहरु सहित आफन्तको घर गएर फर्कने क्रममा खोला तर्दा बाढीले शुकमायाँलाई बगाएको थियो । शुकमायाँ सिलिचोङ गाउँपालिका–५ र मकालु गाउँ...

संखुवासभा अपडेट ः अरुण नदीमा वेपत्ता खोज्न गोताखोर बोलाइयो

संखुवासभा अपडेट ः अरुण नदीमा वेपत्ता खोज्न गोताखोर बोलाइयो
संखुवासभा, अरुण नदीमा खसेको जीप नभेटिएपछि खोजीको लागि गोताखोर बोलाइने भएको छ । प्रहरी नायव उपरिक्षक मिम बहादुर लामाका अनुसार निरन्तर वर्षा भइरहेको र नदीको बहाव बढी भएकोले खोजी कार्यमा विकल्प भएन । चितवनबाट गोताखोर बोलाइएको छ । उनले भने मौसमका कारण गोताखोरलाई समेत दुर्घटना स्थल आउन समस्या भएको छ । भोली मौसम खुलेमा गोताखोर आएर पुन खोजी कार्य गरिने छ । अहिले पनि २५ जना सुरक्षाकर्मीका टोली र स्थानीयक...

डेंगुका विरामीलाई संखुवासभा अस्पतालका कर्मचारीद्धारा सहयोग संकलन

डेंगुका विरामीलाई संखुवासभा अस्पतालका कर्मचारीद्धारा सहयोग संकलन
संखुवासभा, डेंगु लागेर उपचार खर्च अभाव भएका संखुवासभा मकालु गाउँपालिका ३ हेदांनाका एक वालकलाई जिल्ला अस्पतालका कर्मचारीले उपचार खर्च जुटाईदिएको छ । जिल्ला अस्पतालमा उपचार नभएपछि रिफर भएका १० बर्षीय शंकर राईलाई अस्पतालका चिकित्सक लगायतका कर्मचारीले रकम उठाएर उपचारका लागि ५ हजार ७ सय ९७ रुपैयाँ सहयोग गरेका हुन् । अस्पतालबाट रिफर भएपछि डेंगु लागेका शंकरको जिल्ला बाहिर लगेर उपचार गर्नसक्ने अवश्था नदे...

संखुवासभा अपडेट : एकै परिवारका तीन जनासहित ६ जना बेपत्ता

संखुवासभा, धर्मदेवी नगरपालिका ८ स्थित अक्करको भीरमा भएको जीप दुर्घटनामा एकै परिवारका तीन जना सहित ६ जना वेपत्ता भएका छन् । वेपत्ता हुनेहरुमा खाँदबारी नगरपालिका ९ का संगम श्रेष्ठ उनकी श्रीमती सदिक्षा र दुई महिने छोरा समीर श्रेष्ठ रहेका छन् । भने चालक सन्तोष विश्वकर्मा, खाँदबारी ९ कै प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर वेपत्ता भएका छन् । सदरमुकाम खाँदबारीबाट विरामी बोकेर धरानतर्फ जाँदै गर...

संखुवासभा दुर्घटना अपडेट :बेपत्ताको पहिचान खुल्यो

संखुवासभा दुर्घटना अपडेट :बेपत्ताको पहिचान खुल्यो
संखुवासभा, धर्मदेवीनगरपालिका–८ अक्करको भीरमा भएको जिप दुर्घटनाका बेपत्ताहरुको परिचान खुलेको छ । खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जिप मंगलबार राति १० बजे अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम बहादुर लामाका अनुसार बेपत्ता हुनेमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष विश्वकर्मा, खाँदबारी–९ का...

संखुवासभा अपटेट : अरुण नदीमा जीप खस्यो

संखुवासभा अपटेट : अरुण नदीमा जीप खस्यो
संखुवासभा, संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १०ः१५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए । तामाङका अनुसार गाडी चालक सन्तोष वि.क. चालक सहित ६ जना बेपत्ता भएका हुन् । बिरामीको खाँदबारीमा उपचार हु...

संखुवासभामा संविधान दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

संखुवासभामा संविधान दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
संखुवासभा, संविधान दिवस २०७६ को अवसरमा वक्तृत्वकला प्रतियोगिता खाँदबारीमा सम्पन्न भएको छ । सोमबार खाँदबारी नगरपालिकाद्धारा आयोजित कार्यक्रममा नगरक्षेत्र भित्रका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच नेपालको संवधान र शिक्षा विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । खाँदबारी नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा सरकारी र नीजि गरी १३ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । ...

लोअर अप्सुवा जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न

लोअर अप्सुवा जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न
डाँडागाउँ, संखुवासभामा प्रस्तावित लोअर अप्सुवा जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । विद्युत विकास विभाग र जेभी कन्सलटेन्सीको आयोजनामा लोअर अप्सुवा जल विद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको सार्वजनिक सुनुवाई गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मकालु गाउँपालिका वडा नं. ६ को डाँडा गाउँ स्थित वडा कार्यालयको भवनमा गरिएको थियो । प्रस्तावित जलविद्युत आयोजना ४५ मेगा...