मन्त्रिपरिषद्को बैठक सुरु, संविधान संशोधनको विषयमा छलफल

मन्त्रिपरिषद्को बैठक सुरु, संविधान संशोधनको विषयमा छलफल
काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। शुक्रबार बिहान १० बजेबाट सुरु भएको बैठकमा संविधान संशोधनको प्रस्ताव, विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउनेलगायतका समसामयिक विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ। सरकारले जारी गरेको नयाँ नक्सा कार्यान्वयनका लागि संविधान संशोधन गर्नुपर्ने बाध्यता छ। अघिल्लो मन्त्रिपरिषदको बैठकले सुगौली सन्धी अनुसारको ने...

नेपालले पाउने वैदेशिक अनुदान र ऋण दुवै घट्यो

नेपालले पाउने वैदेशिक अनुदान र ऋण दुवै घट्यो
काठमाण्डौ, चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वैदेशिक अनुदान र ऋण दुवैमा कमी आएको छ । अर्थ मन्त्रालयका अनुसार नौ महिनामा १ खर्ब १८ अर्ब ८१ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । यसमध्ये अनुदान सहायता १६ अर्ब १९ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । आर्थिक प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमस १३ दशमलव ६ प्रतिशत र ८४ दशमलव ४ प्रतिशत रहेको छ । ...

प्रदेश पाँचको बजेट अधिवेशन सुरु हुँदै, २ जना प्रदेशसभा सदस्य क्वरेन्टीनमा

प्रदेश पाँचको बजेट अधिवेशन सुरु हुँदै, २ जना प्रदेशसभा सदस्य क्वरेन्टीनमा
रुपन्देही, पाँच नम्बर प्रदेश सभाको बजेट अधिवेशन आज सुरु हुँदैछ । बुटवलमा रहेको प्रदेश सभा भवनमा दिउँसो १ बजे बजेट अधिवेशन सुरु हुन लागेको हो । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशको बजेट अधिवेशनको आव्हान गर्नुभएको हो । अधिवेशन आह्वान गरिएको सम्बन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाउने, अघिल्लो अधिवेशनमा पारित भएर प्रमाकरण भएका बिधेयकका बिषयमा जानकारी दिने र प्रदेश सभामा प्रत...

दार्चुलाको घाँटीबगरमा सेना तैनाथ

दार्चुला, नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर ९दार्चुला तिङ्कर सडक योजना० अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने सरकारले निर्णय गरेको थियो । मन्त्रिपरिषद्को गत वैशाख १४ को निर्णयअनुसार, सो सडक खण्डअन्तर्गत व्यास गाउँपालिका वडा नं २ स्थित घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर...

कोरोना महामारी : सङ्कट पनि, अवसर पनि

कोरोना महामारी : सङ्कट पनि, अवसर पनि
काठमाण्डौ, चीनबाट ख्यालख्याल जस्तैगरी सुरु भएको र विश्वभरि डढेलोझैँ फैलिएको कोरोना भाइरसले अझै कति समय विश्वलाई थला पार्ला भन्ने आकलन गर्न सकिएको छैन । यसबाट कसरी जोगिने भन्ने ध्याउन्नमा सबै छन् । धनी र बलिया भनिएका देशहरुलाई पनि कोरोनाले थला पारेको छ । हाम्रोजस्ता देशको त कुरै भएन । ‘ब्लुमबर्ग हेल्दिएस्ट कन्ट्री इन्डेक्स–२०१९’ अनुसार संसारमा सबैभन्दा स्वस्थ देशको रुपमा सूचीकृत स्पेन र दोस्रो स्था...

सीमा विवादबारे भारतले सेना प्रमुखलाई बोल्न लगाउनुको अर्थ धम्की दिनु हो

काठमाण्डौ, सङ्घीय संसद् अन्तर्गतको परराष्ट्र सम्बन्ध तथा श्रम समितिका सदस्यहरुले कालापानी र लिपुलेक अतिक्रमणबारे भारत सरकारले त्यहाँको सेना प्रमुखलाई बोल्न लगाएकोमा आपत्ति प्रकट गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको अभिव्यक्तिको नेपाल सरकारले कुटनीतिक रूपमा खण्डन गर्नुपर्ने समिति सदस्यहरुको माग छ । सिंहदरबारमा आइतबार बसेको बैठकमा समितिका सदस्य भीमबहादुर रावलले आफ्नो मन्तव्यको स...

कोरोना विरुद्धको लडाईं स् शरीरसँगै मन पनि स्वस्थ राखौं

कोरोना विरुद्धको लडाईं स् शरीरसँगै मन पनि स्वस्थ राखौं
कोभिड–१९ नयाँ भाइरस हो । यस भाइरसकाबारेमा धेरै कुरा पत्ता लाग्नै बाँकी छ । अध्ययनहरु भैरहेका छन् । अध्ययनबाट नयाँ(नयाँ तथ्य पनि थाहा भैरहेको छ । संसारभर फैलिएको कोभिड–१९ चाँडो सर्ने र सबै ठाउँ तथा उमेर समुहका व्यक्तिलाई सङ्क्रमण गराउन सक्ने भाइरस हो । भाइरस सङ्क्रमण भएकामध्ये पाको उमेर तथा रोग प्रतिरोधी क्षमता कम भएकाहरुलाई धेरै असर गरेको देखिन्छ । नेपालमा भइरस र एण्टीबडी निर्माण नेपालमा अहिलेसम...

दिवेश अमेरिकन आइडलको ‘फर्स्ट रनर अप’

दिवेश अमेरिकन आइडलको ‘फर्स्ट रनर अप’
काठमाण्डौ, दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप भएका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फर्स्ट रनर अप बनेका हुन् । छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुगेका थिए । अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेलले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आएका थिए । मतम...

चीनले बेच्यो २३ खर्बको औषधी र उपकरण, झण्डै ५१ अर्ब मास्क निर्यात

चीनले बेच्यो २३ खर्बको औषधी र उपकरण, झण्डै ५१ अर्ब मास्क निर्यात
काठमाण्डौ, चीनले साढे २ महिनामा झण्डै २३ खर्ब नेपाली रुपैयाँ बराबरको औषधी र मेडिकल उपकरण निर्यात गरेको छ । ग्लोबल टाइम्सका अनुसार चीनले मार्चदेखि अहिलेसम्म १८ दशमलव ९ विलियन अमेरिकी डलर बराबरको औषधी तथा उपकरण बिक्री गरेको छ । साढे २ महिनाको अवधिमा सबैभन्दा धेरै औषधी र मेडिकल उपकरणको निर्यात अमेरिका, जर्मन र जापानमा रहेको पनि ग्लोबल टाइम्सले जनाएको छ । मार्चयता चीनले ५० अर्ब ९० करोड थान मास्क निर...

जसपाको ढोकैमा उभिएका चुनौतीहरु

जसपाको ढोकैमा उभिएका चुनौतीहरु
काठमाण्डौ, वैशाख १० गते दुइटा मधेशकेन्द्रित दलहरु एकीकृत भएर जनता समाजवादी पार्टी (जसपा)को घोषणा हुँदा रातिको समय थियो । अधिकांश मधेशी नेता, कार्यकर्ताहरुले पार्टी एकतासम्बन्धी खबर भोलि बिहान मात्रै थाहा पाएका थिए । भोलिपल्ट दिनभरि मधेशका साथीहरुको फोन आइरहयो । लगभग सबैको जिज्ञासा हुन्थे, ‘हैन, साँच्चिकै एकीकरण भएको हो ? कति दिन टिक्ने हो यो एकीकरण ?’ कुराकानीबाट थाहा हुन्थ्यो, समाजवादी पार्टी ...