लकडाउन एक हप्ता बढाउन कार्यदलको सिफारिस

मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउन एक हप्ता बढाउने सिफारिस गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार ९आज० बिहानको बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो । कपिलवस्तुको जितपुर–तौलिहवा सडक खण्डमा शुक्रबार तैनाथ सुरक्षाकर्मी । लकडाउन उल्लंघन हुन नदिन वाणगंगा नगरपालिकाले कडाइ गरपछि सुरक्षा तैनाथी बढाइएको छ । कार्यदलले समित...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा अनुदानको चामलमा कालोबजारी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा अनुदानको चामलमा कालोबजारी
डोल्पा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लकडाउनको बेला चामलमा बढाएको मूल्य वृद्दिको डोल्पाका नागरिकले विरोध जनाएका छन् । विश्व महामारीको समयमा राहत दिनुपर्ने ठाउँमा उल्टै चामल बिक्रीमा कालोबजारी गरेको भन्दै स्थानीयले विरोध गरेका हुन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जापानी चामलमा एक्‍कासी मूल्य बढाएर असुली गर्न थालेपछि विरोध गरिएको हो। तीन दिन पहिलासम्म दशप्रतिशत छुटमा बिक्री भइरहेको जापान...

क्वारेन्टाइनमा बसेकाहरुमा देखियो औलोको संक्रमण

काठमाडौं, क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो । यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् । त्यसैले क्वारेन्टाइनहरुको गुणस्तर वृद्धि गर्नुपर्ने देखिएको मन्त्रालयका प्रवक्ता डा। देवकोटाले बताए । ...

बन्दाबन्दी वसन्त

बन्दाबन्दी वसन्त
यो वर्षको वसन्त आयो, जाँदैँछ रे वास्तवमा वसन्त आउँदै आएन, मान्छेको लागि आएन केवल आफ्नै स्वभावमा आयो, जाँदैछ – मान्छेहरु बन्दाबन्दीको जेल परिरहे । बन्द कोठासम्म आउँदा आउँदै न्याउली र कोइलीको गीतहरु मधुर थिए फूलहरुको सुगन्ध, चराहरुको चिरबिर आवाज, पात र हावाको प्रेम, पालुवाको खुशी, कोपिलाहरुको मुस्कान, पाकेका ऐँसेलु र काफलहरु, सुन्दर गुँडभित्रका बचेराहरु, सब कल्पनाको सागरभित्र मात्र । ...

विदेशमा रहेका शुभचिन्तकहरुको मौनताको अर्थ

विदेशमा रहेका शुभचिन्तकहरुको मौनताको अर्थ
टोलछिमेक, साथीसङ्गी र नाताकुटुम्बमार्फत थुप्रै परिचितका साथै आफन्तका विदेशमा रहेका बन्धुहरुबाट लकडाउनको तेस्रो सातापछि नमिठो लाग्ने कुरा सुन्न थालिएको छ । दिन प्रतिदिन सामाजिक सञ्जालमार्फत परिवारजनको शुभचिन्ता प्रकट गर्दै सुखद् भविष्यका लागि मार्गनिर्देशन दिइरहने परिचितहरु लकडाउनका दुई साता पुरै मौन रहेका थिए । उनीहरुको मौनताले मातृभूमिबासी शुभचिन्तकहरुलाई झस्काइरहेको थियो । आफू परदेशमा रहेर पनि ...

लकडाउनको मोडालिटी तयार पार्न कार्यदल गठन

काठमाडौं, कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्चस्तरीय समन्वय समितिले लकडाउनको अबको मोडल तयार गर्न कार्यदल गठन गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वमा कार्यदल गठन भएको समितिका सदस्य रहेका एक मन्त्रीले जानकारी दिएका छन् । कार्यदलले भोलिसम्म विभिन्न देशको अनुभव, नेपालको अवस्था र त्यसको आधारमा लकडाउनको समय कति थप्ने वा क्षेत्रगत अवस्था हेरेर फरक फरक पार्ने लगायतका विषयम...

विधायन समितिले सरकारलाई दियो यस्तो निर्देशन

विधायन समितिले सरकारलाई दियो यस्तो निर्देशन
काठमाडौं, राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले लकडाउनको समयमा कृषिउपजको बजार व्यवस्थापनका लागि सरकारलाई दुई बुँदे सुझाव दिएको छ। समितिको आज बसेको बैठकले संक्रमित क्षेत्र, संक्रमण जोखिमपूर्ण क्षेत्र, संक्रमण नरहेको क्षेत्र, जिल्ला, शहरी क्षेत्र, ग्रामीण क्षेत्र साना ठूला उद्योग सञ्चालित क्षेत्रसमेत स्थान वर्गीकरण गरी आंशिक तथा पूर्ण लकडाउन गर्ने गरी छनोटको नीति अवलम्बन गर्न निर्देशन दिएको छ। ...

लकडाउनमा ‘रन्डेभु विथ सम्पदा’

लकडाउनमा ‘रन्डेभु विथ सम्पदा’
काठमाडौं, कोरोना महामारीको त्रासमा बितिरहेको लकडाउनको समयलाई रमाइलो र आशावादी बनाउने उद्देश्यका साथ टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति’ निर्माण गरेको एस आर बी एन मिडियाले ‘रन्डेभु विथ सम्पदा’ नामक कार्यक्रम सुरु गरेको छ। लेखिका तथा सिनेकर्मी सम्पदा मल्लले सञ्चालन गर्ने यो कार्यक्रममा देशका विभिन्न क्षेत्रका दिग्गज र चर्चित व्यक्तित्वसँग लकडाउनले उनीहरूको जीवनशैलीमा पारेको प्रभावको विषयमा भलाकुसार...

यस्ता छन् चौतर्फी दबाबपछि प्रधानमन्‍त्री ओली पछि हटेका निर्णय

यस्ता छन् चौतर्फी दबाबपछि प्रधानमन्‍त्री ओली पछि हटेका निर्णय
काठमाडौं, सरकारले विवादास्पद दुवै अध्यादेश चौतर्फी दबाबपछि फिर्ता लिएको छ। मन्त्रिपरिषद् बैठकले शुक्रबार जनमतको कदर गर्दै अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपतिले खारेज गरेकी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड (ख) बमोजिम अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। उक्त खण्डमा अध्यादेश राष्ट्रपतिबाट जुनसुक...

पर्यटन क्षेत्रले माग्यो २० अर्बको राहत

पर्यटन क्षेत्रले माग्यो २० अर्बको राहत
काठमाडौं, नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांकअनुसार हाल पर्यटन क्षेत्रमा करिब सवा खर्ब रुपैयाँ लगानी छ। पर्यटन क्षेत्रमा आबद्घ संस्थाहरूको समष्टिगत तथ्यांक संकलनका लागि बोर्डले गरेको अनलाइन सर्वेक्षणका अनुसार यस क्षेत्रमा १ खर्ब १३ अर्ब ६२ करोड ४५ लाख रुपैयाँ लगानी रहेको छ। बोर्डले गरेको २ हप्ता लामो सर्वेक्षणमा ७८७ वटा फर्मले भरेको सूचनाको आधारमा यो तथ्यांक निकालिएको बोर्डका प्रमुख कार्यकारी अध...