लकडाउन लम्बिन्छ तर स्वरुप परिवर्तन हुनसक्छ : मुख्यमन्त्री गुरुङ
पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउनको स्वरुप परिवर्तनको गृहकार्य गरिरहेको जानकारी दिएका छन् । उनले शनिबार बिहान आफ्नै कार्यालय प्रांगणमा पत्रकारलाई यो जानकारी दिएका हुन् । उनले भने, ‘लकडाउन त निश्चित रुपमै लम्बिन्छ’, उनले भने, ‘तर मोड्यालिटी फरक हुनुपर्छ ।’
उनले भारतमा कोभिड १९ भाइरस फैलिरहेको हुँदा पनि लकडाउन लम्बिने प्रष्ट्याए । निर्माण र उत्पादनको क्षेत्र सञ्चालनका ...









