मादीका कृषकलाई निशुल्क कृषि चुन वितरण

मादीका कृषकलाई निशुल्क कृषि चुन वितरण
मादी, मादी नगरपालिकाले मादीका कृषकलाई निशुल्क कृषि चुन वितरण गरेको छ । माटोको उर्वरा परिक्षण गरि कृषकलाई कृषिचुन वितरण गरिएको हो। गत माघमा नगरभरिमा ६ सय १० जनाको माटो परिक्षण गरिएको थियो । सोहि बमोजिम नगरपालिकाले कृषकलाई शतप्रतिशत अनुदानमा कृषि चुन वितरण गरेको हो । मादी नगरपालिकाको वडा नं १, २, ३ मा यस अघि नै कृषि चुन वितरण गरिएको थियो । वडा नं ७, ८ र ९ मा भने लकडाउन पश्चात् मात्रै वितरण गरिने मा...

धरानबाट लकडाउन उल्लंघन गर्ने ११ महिलासहित ८५ जना पक्राउ

धरान, लकडाउन उल्लंघन गर्नेहरुलाई धरान प्रहरीले धमाधम नियन्त्रणमा लिइरहेको छ । यो समाचार तयार पार्दासम्म प्रहरीले धरानका विभिन्न क्षेत्रबाट ८५ जनालाई नियन्त्रणमा लिइसकेको छ । जसमध्ये ११ जना महिला छन् भने ७४ जना पुरुष छन् । लकडाउन अवज्ञा गर्ने सवारी साधनलाई पनि धमाधम नियन्त्रणमा लिइरहेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार हालसम्म २३ वटा मोटरसाइकल नियन्त्रणमा आइ...

कोरोनाबारे अन्यौलता स् खोप बन्न एक वर्ष लाग्ने, मानिसलाई प्रतिरोधी बनाउन दुई वर्षभन्दा बढी लाग्ने

काठमाण्डौ, अहिले विश्वका ठूला सहरहरु सुनसान बनेका छन् । विद्यालय, अत्यावश्यक बाहेकका कार्यालय तथा व्यवसायहरु ठप्पजस्तै छन् । पर्यटन क्षेत्र सुनसुन छ । सङ्क्रमित थपिने र ज्यान गुमाउनेको सङ्ख्या प्रतिदिन बढिरहेको छ । अहिले धेरैको मनमा उठ्ने प्रश्न हो – यो भाइरसको नियन्त्रण कहिले हुन्छ ? स्पष्ट जवाफ कसैले दिन सकेको छैन । बेलायतका प्रधानमन्त्री प्रधानमन्त्री बोरिस जोनसनले बेलायतले कोरोना भाइरसको प्र...

कोरोना नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशद्वारा ११ करोड ५० लाख विनियोजन

कोरोना नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशद्वारा ११ करोड ५० लाख विनियोजन
डोटी, कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले ११ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको मङ्गलबार बसेको आकस्मिक बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र जोखिम न्यूनीकरण गर्न बजेट विनियोजन गरेको हो। सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अञ्चल अस्पताल आइसोलेसन बेड निर्माण गर्ने निर्णय गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय...

अमेरिकी डलरको भाउ ५१ पैसाले घट्यो

अमेरिकी डलरको भाउ ५१ पैसाले घट्यो
काठमाण्डौ, आज अमेरिकी डलरको भाउ ५१ पैसाले घटेको छ । आज १ अमेरिकी डलरको बिक्रीदर १ सय २१ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार १ डलरको बिक्रीदर अहिलेसम्मकै महँगो १ सय २२ रुपैयाँ ३४ पैसा थियो । आज १ अमेरिकी डलरको खरिददर हिजोकोभन्दा ५१ पैसाले घटेर १ सय २१ रुपैयाँ २३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

कोरोना नियन्त्रण तथा उपचार कोषमा एनसेलको १० करोड

कोरोना नियन्त्रण तथा उपचार कोषमा एनसेलको १० करोड
काठमाण्डौ, सरकारले कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ सहयोग गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोडको चेक हस्तान्तरण गर्नुभएको हो । कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक...

‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना पक्राउ, १५ सय ७१ गाडी कारबाहीमा

काठमाण्डौ, कोरोना भाइरस (कोभिड -१९) को रोकथामका लागि सरकारले लागु गरेको ‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना पक्राउ परेका छन् । सम्झाइ-बुझाइ गर्दा पनि अटेर गर्ने कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट सात जना, झापाबाट चार जना, सुनसरीबाट चार जना, पर्साबाट तीन जना, सिरहाबाट दुई जना, कञ्चनपुरबाट दुई जना र धनुषाबाट एक जना गरी ६८ जना पक्राउ परेका हुन् । यस्तै ‘लकडाउन’ उल्लङ्घन गर्ने एक हजार ...

अहिलेसम्म ६ सय १० जनाको नमुना परीक्षण भयो, ५ हजार २ सय ४१ पटक फोन आयो

अहिलेसम्म ६ सय १० जनाको नमुना परीक्षण भयो, ५ हजार २ सय ४१ पटक फोन आयो
काठमाण्डौ, नेपालमा अहिलेसम्म ६ सय १० जनाको मात्रै कोरोनाको नमुना परीक्षण भएको छ । त्यसमध्ये दुई जनालाई मात्रै कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सुरुमा चीनबाट फर्किएका एक नेपालीमा कोरोना भएको र उनी उपचारपछि घर फर्किसकेको मन्त्रालयले जनाएको छ । मङ्गलबार नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयले अर्का एक जना को रोमा सङ्क्रमितको टेकुमा रहेको शुक्रराज ट्रपिकल त...

अब ६० वर्षमाथिका र गम्भीर अवस्थाका बिरामीको पनि कोरोना परीक्षण

अब ६० वर्षमाथिका र गम्भीर अवस्थाका बिरामीको पनि कोरोना परीक्षण
काठमाण्डौ, सरकारले कोरोना भाइरस परीक्षणको दायरा बढाएको छ । सरकारले थप व्यक्तिको परीक्षणका लागि आवश्यक व्यवस्था समेत गरिएको बताएको छ । यसअघि विदेशबाट आएका तथा उनीहरुको सम्पर्कमा रहेकाहरुको मात्रै कोरोना परीक्षण गर्दै आएकोमा अब ६० वर्षमाथिका वृद्धवृद्धा तथा गम्भीर अवस्थाका अरु बिरामीको पनि कोरोना परीक्षण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । अहिले शुक्रराज ट...

अमेरिकामा दुई नेपालीलाई संक्रमण

अमेरिकामा दुई नेपालीलाई संक्रमण
अमेरिका, न्युयोर्क राज्यमा बसोबास गर्दै आएका दुई नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कुइन्सस्थित एल्मस्ट अस्पतालको भेन्टिलेटरमा राखेर उनीहरूको उपचार भइरहेको छ। ५० वर्षीय व्यक्तिको अवस्था गम्भीर रहेको अधिकारीले जनाएका छन्। उनलाई उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। उनी मधुमेहका रोगी थिए। परिवारका सबै सदस्यको परीक्षण गरिएको र त्यसको रिपोर्ट मंगलबारसम्म रिर्पोट आउने जनाइएको छ। उनीहरू घरमै ...