गाउँघरको दैनिकी : न कोरना न ‘लकडाउन’
काभ्रे : 'लकडाउन' ले सदिक्षाको दैनिकीलाई खासै फरक पारेको छैन। काभ्रे पनौती चिन्दु रोशीकी सात वर्षीया सदिक्षा गुरुङ सधैँजसो मंगलबार पनि बिहानै उठेर आमासँगै घाँस काट्न गइन्। आठ नबज्दै उनले डोकोभरी घाँस लिएर घरआइपुगेकी थिइन्।
'लकडाउन'मा पनि बिहानै डोकोभरी घाँस भन्दा उनी फिस्स हाँसिन् मात्र। उनलाई लकडाउन बारे खासै थाहा छैन। थाहा हुनु जरुरी पनि छैन। किनकी 'लकडाउनु'ले उनको दैनिकीमा कुनै परिवर्तन आएको...








