यमपञ्चक : आज गाई र गोरुको पूजा गरी मनाइँदै

यमपञ्चक : आज गाई र गोरुको पूजा गरी मनाइँदै
काठमाण्डौ, यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र किसानको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहे...

सखुवासभा समाज युएईद्वारा दशैँ, तिहार तथा छट पर्वको शुभकामना

सखुवासभा समाज युएईद्वारा दशैँ, तिहार तथा छट पर्वको शुभकामना
युएई, सखुवासभा समाज युएईद्वारा बडादशैँ, तिहार तथा छट पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । दुबई स्थित क्रीक पार्कमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । समाजका अध्यक्ष बलराम राईको अध्यक्षतामा भएको कार्यक्रममा बिर बहादुरभुर्तेल, निरा राई र नवराज कार्कीले स्वागत मन्तव्य राखेका थिए । उनीहरुले आगामी दिनमा सहकार्य गरि सस्थालाई हाम्रो र राम्रो तवरले अघि बढाउन युएईमा रहेका जिल्ला बासीलाई...

आज काग तिहार, किन पूजा गरिन्छ कागको ?

आज काग तिहार, किन पूजा गरिन्छ कागको ?
काठमाडौं, नेपाली समाजमा भव्यतापूर्वक मनाइने दोस्रो ठूलो महान् पर्व तिहार शुरु भएको छ । तिहारलाई दीपावली वा यमपञ्चक पनि भन्ने गरिन्छ । कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुरु हुने यमपञ्चक कार्तिक शुक्लपक्षको द्वितीयाका दिन पूर्ण हुन्छ । यिनै पाँच दिनलाई तिहार या यमपञ्चक भनिन्छ । यमपञ्चकको पहिलो दिन यमदीपदान गरी कागतिहार मनाइन्छ । कागलाई यमराजको सन्देशवाहक दूत मानिन्छ । गृहस्थहरुले यस दिन कागको ...

मुख्य पर्यटकीय गन्तव्यमा नै पुनर्निर्माणको काममा ढिलाइ

मुख्य पर्यटकीय गन्तव्यमा नै पुनर्निर्माणको काममा ढिलाइ
काठमाण्डौ , विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा पुरातात्विक सम्पदा भूकम्पले भत्किए । काष्ठमण्डप भग्नावशेष बन्यो । धरहरा सग्लो रहेन । रानीपोखरी पनि क्षति भयो । कतिपय ढले भने भूकम्पले ढल्मलाएका सम्पदालाई टेको लगाएर जोगाउनुपर्ने अवस्था आयो । केही सम्पदामा अझै पनि टेको छुटेको छैन । पर्यटकको मुख्य केन्द्र मानिने काठमाण्डौमा नै सम्पदा पुनर्निर्माणको काममा ढिलासुस्ती छ । विश्वसम्पदा सूची भित्र पर...

सोलुखुम्बुमा आगलागीबाट एक घर जलेर नष्ट, ८५ लाख बराबरको क्षति

सोलुखुम्बुमा आगलागीबाट एक घर जलेर नष्ट, ८५ लाख बराबरको क्षति
सोलुखम्बु – सोलुखुम्बुको तिङलामा एक घर जलेर नष्ट हुँदा ८५ लाख बराबरको क्षति भएको छ । बिहीबार साँझ सोलुदुधकुण्ड नगरपालिका–११ तिङलाको गञ्जेडाँडाका स्थानीय खड्कबहादुर खड्काको घरमा आगलागी हुँदा ८५ लाख बराबरको क्षति भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । बिहीबार साँझ लागेको आगोले खड्काको घर पूर्ण रुपमा जलेर नष्ट हुँदा २ तोला सुन, ६० हजार नगद, करिब ६ सय थान काठपातलगायतको सम्पूर्ण सामाग्री जलेर नष्ट ...

चितवन च्याम्पियन

चितवन च्याम्पियन
काठमाडौं, महिला च्याम्पियन्स लिग डब्लुसीएल टी२० क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ। कीर्तिपुरमा बिहीबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो। लिगमा अपराजित रहेको चितवनले टस हारेर पहिलो ब्याटिङ गरेको थियो। उसले निर्धारित २० ओभरमा ११२ रन जाड्यो। ११३ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ६७ रन बनाउन सक्यो। चितवनको जितक...

देव विकास बैंक घोटाला प्रकरणः पाँच थुनामा, चार जनासँग धरौटी माग

देव विकास बैंक घोटाला प्रकरणः पाँच थुनामा, चार जनासँग धरौटी माग
देव विकास बैंकमा भएको १८ करोड बढी रकम हिनाहिना प्रकरणमा उच्च अदालत तुलसीपुरले पाँच जनालाई थुनामा राख्न, चार जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको छ। अदालतले बैंकका म्यानेजर समिर बुढाथोकी, कर्मचारी अनिलकुमार न्यौपाने, खातावालाहरू वसन्तबहादुर बस्नेत, झगबहादुर डिसी र विजयकुमार गुप्तालाई थुनामा राखेर कारबाही गर्न आदेश दिएको छ। त्यसैगरी, प्रतिवादी चार जनालाई धरौटी माग गर्दै ...

स्वदेश फर्किँदै वैज्ञानिक: बरु राज्यसँग लड्छौँ, नेपालमै अनुसन्धान सुरु गर्छौँ

स्वदेश फर्किँदै वैज्ञानिक: बरु राज्यसँग लड्छौँ, नेपालमै अनुसन्धान सुरु गर्छौँ
काठमाण्डौ ,रौतहटका कुन्दनकुमार सागर सिंगापुरको नानयाङ विश्वविद्यालयबाट ‘बायो टेक्निक इन्जिनियरिङ्ग’मा स्नातकोत्तर गरेर गएको वर्ष स्वदेश फर्किनुभयो । एन्टिबायोटिकले शरीरमा विस्तारै काम गर्न छाड्नुको कारण, यसले गर्दा रोग निको नहुने समस्या र विकल्पमा प्रयोग गर्न सकिने औषधिका बारेमा सागरले अनुसन्धान गर्नु भएको हो । नेपालमै पनि एन्टिबायोटिक औषधिले काम गर्न छाडेको र रोग बल्झिन थालेको बिरामीको गुनासो...

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान
काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बिहीबार कतार एयरवेजको विमानबाट अजरबैजानको राजधानी बाकु प्रस्थान गर्नुभएको हो । त्यस अवसरमा उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्...

फेरि एकचोटी आन्दोलन गर्ने इच्छा छ : प्रचण्ड

फेरि एकचोटी आन्दोलन गर्ने इच्छा छ : प्रचण्ड
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताएका छन्। समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिष्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको प्रचण्डले बताए। ‘हामी त जीवनको उद्धरार्धमा आइसक्यौं। बाँकी जीवन फेरि यो समाजवादको उद्देश्यका निम्ति, यो पार्टीलाई कम्युनिष्ट पार्टीजस्तो बनाउनका लागि आन्दोलन गर्ने इच्छा छ,...