छाउगोठ जान बाध्य पार्नेलाई जेल
अछाम, साँफेबगर नगरपालिका ४ मष्टामाडौं भण्डारी गाउँकी नन्दा बुढा मंसिर ३ गते छाउपडी गोठमा आगो बालेर बसिरहेकी थिइन्। गोठ साँघुरो भएकाले पनी यताउति फर्किन मिल्दैनथ्यो।
सुत्ने बेला तातो होला भनेर उनले आगो बालेकी थिइन्। गोठमा आगो तापेर बसिरहेकी उनको एक्कासि कुर्ताको पछाडि भागमा आगो लाग्यो। उनी कराउँदै बाहिर निस्किइन्। घरबाट उनकी छोरीले पानी खोजेर ल्याएर शरीरमा खन्याउँदासम्म ढाडको भाग जलिसकेको थियो। उन...








